back
CTIZAN AD

कहाँ पुग्यो वाणिज्य बैंकहरुले विदेशबाट लोन ल्याउने प्रक्रिया ?

वि.सं.२०७५ वैशाख १ शनिवार

741 

shares

loan

१ बैशाख, काठमाडौँ ।  राष्ट्र बैंकले नितिगत शंसोधन गरि विदेशबाट ऋण ल्याउन सक्ने व्यवस्था जारी गरेपछि वाणिज्य कैंकहरुले विदेशबाट ऋण भित्राउने प्रक्रिया अघि बढाएा छन् ।

यति बेला केहि बैंकले विदेशबाट ऋणका लागि सहमति गरिसकेका छन् । एनआइसी एसिया र एनएमबि बैंकले ऋणका लागि आइएफसी (इन्टरनेसनल फाइनान्स कर्पोरेसन) सँग सम्झौता गरिसकेका छन् । एनएमबी बैंकले आईएफसीसँग डेढ अर्ब लोन ल्याउने सम्झौता गरिसकेको छ ।
आइएफसी विश्व बैंक समुहअन्तर्गत पर्दछ । नेपालसहित १ सय बढी देशहरुमा आइएफसीले विभिन्न क्षेत्रमा लगानी तथा वित्तीय व्यवस्थापनको कार्य गर्दै आएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले यी दुई बैंकहरुले ऋण ल््याउनका लागि ऋणदातासँग सहमति गरेको जानकारी दिए ।
बैंकहरुले ऋण ल्याउन थालेपछि अशिले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या केहि हद सम्म भएपनि सहज हुने विश्वास गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाउने छन् ।
‘लाइबर दरमा ३ प्रतिशत बढी व्याजदर नपर्नेगरी आइएफसीसँग सहमति गरेर बैंकहरुले वित्तिय लोन भित्राउन लागेका हुन् ।
हाल ६ महिनाको लाइबर दर २ दशमलव ४७ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार यस्तो ऋणको व्याजदर करिब साढे ५ प्रतिशतको आसपासमा पर्दछ । राष्ट्र बैंकको स्वीकृतिपछि यो अवधि थप गर्न सकिने व्यवस्था छ ।

५ वर्षे अवधिसम्मका लागि विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन पाइने व्यवस्था छ।   वैदेशिक ऋणबाट स्वदेशमा थप पुँजी सिर्जना हुने र यसले विकासको गतिलाई टेवा दिने बैंकरहरुले बताउदै आएका छन् । तर नेपाल बैंकर्स एशोसिएसनले भने अहिलेको रकम त्यति ठूलो नभएको बताएको छ । हालको ऋण रकमको परिचालन र त्यसको उपलव्धी हेरेर आगामी दिनमा राष्ट्र बैंकले यो रकमको सीमा बढाउन एशोसिएसनले आग्रह गर्ने बताएको छ ।
हालको अवस्थामा २८ वटै वाणिज्य बैंकहरुले विदेशबाट ८० अर्ब रुपैयाँसम्मको ऋण ल्याउन सक्नेछन्। सबै बैंकहरुको तोकिएको चुक्ता पुँजी पुगी नसकेकाले आगामी दिनमा यो रकम अझ बढ्न जानेछ।

बैंकहरुले ल्याएको ऋण रकम जथाभावी परिचालन गर्न भने पाइने छैन। जलविद्युत उत्पादन तथा प्रशारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधारका साथै पर्यटन, कृषि र लघुवित्त क्षेत्रमा प्रवाह गर्न सक्ने छन् ।
घरजग्गा तथा रियलस्टेटका क्षेत्रमा भने यो रकम परिचालन गर्न बन्देज गरिएको छ।

वि.सं.२०७५ वैशाख १ शनिवार १२:३२ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...