back

एनआरएनए विधान स्विकृत, अब एनसीसी अध्यक्षका लागि पनि योग्यता

वि.सं.२०७३ फागुन ८ आइतवार

1K 

shares

nrna logo

८ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघको सांगठानिक संरचनामा केही नयाँ पदहरु सृजना गरिएको छ ।
सन २०१५ को अक्टोबरमा सम्पन्न ७ औ महाधिबेशनले पारीत गरेको विधानलाई परराष्ट्रमन्त्रालयले स्विकृति दिएपछि यो संघ थप संस्थागत भएको छ ।
विधान समितिका संयोजक डा. हेमराज शर्माका अनुसार राष्ट्रिय समितिको अध्यक्ष बन्न पनि न्यूनतम प्रावधान तोकेको छ । जस अनुसार संघको आइसीसी वा एनसीसीमा कम्तिमा एकवर्ष कार्यकाल पुरा गरेको व्यक्ति मात्र एनसीसीको अध्यक्ष बन्न योग्य हुने प्रावधान राखिएको छ । तर, नयाँ निर्माणका हकमा भने यो लागू हुने छैन ।
नेपाल सरकार परराष्ट्रमन्त्रालयद्धारा स्विकृत संसोधित विधान अनुसार अब आइसीसीमा १ अध्यक्ष, उपाध्यक्ष ३ ( एकजना महिला अनिवार्य) महासचिव १, कार्यक्षेत्र तोकिएका २ जना सचिव, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, मनोनित प्रवक्ता १, महिला संयोजक ६ (कम्तिमा) क्षेत्रिय महिला उपसंयोजक ६, क्षेत्रिय युवासंयोजक ६ र सम्बन्धीत देशहरुबाट निर्वाचित सदस्यहरु रहने गरी व्यवस्था गरिएको छ ।
यसैगरी संशोधन विधानले अन्तराष्ट्रिय महाधिबेशन प्रतिनिधिको संख्या तोकेको छ । जस अनुसार पंजीकृत सदस्य १ हजार भएका देशबाट १०० जना, २ हजार भएका देशबाट १२५, ३ हजार भएका देशबाट १३८, ४ हजार भएका देशबाट १४६, ५ हजार भएका देशबाट १५२, १० हजार भएमा देशबाट १७१, १५ हजार भएका देशबाट १८१, २० हजार भएका देशबाट १८९, ३० हजार भएका देशबाट १९९, ४० हजार भएका देशबाट २०६ जना महाधिबेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।
यसैगरी पंजीकृत सदस्य संख्याको आधारमा सम्बन्धीत देशले आइसीसी सदस्य निर्वाचित गर्ने व्यवस्था गरिएको छ । जस अनुसार ५ हजार सदस्य भएका देशबाट ५ जना, ७ हजारबाट ६ जना, १० हजारबाट ७ जना, १४ हजारबाट ८ जना, १९ हजारबाट ९ जना र २५ हजार वा सो भन्दा बढिबाट १० जना आइसीसी सदस्यको प्रावधान राखिएको छ । साथै थप २१ जना केन्द्रीय सदस्य र बढिमा ११ जना सल्लाहकारको मनोनयन गर्न पनि संघलाई अधिकार दिइएको छ ।
संघको स्विकृत धिान अनुसार अब एनआरएनएमा नेता र नेतृतको संख्या बढ्ने भएको छ । ६÷६ जना महिला र यूवा उपसंयोजकले संघको बैकल्पिक नेतृतव् निर्माणमा सघाउने बताइएको छ । यसबाट महिला अभियन्ताको संख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

वि.सं.२०७३ फागुन ८ आइतवार ०७:४१ मा प्रकाशित

Himalayan Life AD
एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...