back
CTIZAN AD

एनआरएनए विधान स्विकृत, अब एनसीसी अध्यक्षका लागि पनि योग्यता

वि.सं.२०७३ फागुन ८ आइतवार

1.3K 

shares

nrna logo

८ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघको सांगठानिक संरचनामा केही नयाँ पदहरु सृजना गरिएको छ ।
सन २०१५ को अक्टोबरमा सम्पन्न ७ औ महाधिबेशनले पारीत गरेको विधानलाई परराष्ट्रमन्त्रालयले स्विकृति दिएपछि यो संघ थप संस्थागत भएको छ ।
विधान समितिका संयोजक डा. हेमराज शर्माका अनुसार राष्ट्रिय समितिको अध्यक्ष बन्न पनि न्यूनतम प्रावधान तोकेको छ । जस अनुसार संघको आइसीसी वा एनसीसीमा कम्तिमा एकवर्ष कार्यकाल पुरा गरेको व्यक्ति मात्र एनसीसीको अध्यक्ष बन्न योग्य हुने प्रावधान राखिएको छ । तर, नयाँ निर्माणका हकमा भने यो लागू हुने छैन ।
नेपाल सरकार परराष्ट्रमन्त्रालयद्धारा स्विकृत संसोधित विधान अनुसार अब आइसीसीमा १ अध्यक्ष, उपाध्यक्ष ३ ( एकजना महिला अनिवार्य) महासचिव १, कार्यक्षेत्र तोकिएका २ जना सचिव, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, मनोनित प्रवक्ता १, महिला संयोजक ६ (कम्तिमा) क्षेत्रिय महिला उपसंयोजक ६, क्षेत्रिय युवासंयोजक ६ र सम्बन्धीत देशहरुबाट निर्वाचित सदस्यहरु रहने गरी व्यवस्था गरिएको छ ।
यसैगरी संशोधन विधानले अन्तराष्ट्रिय महाधिबेशन प्रतिनिधिको संख्या तोकेको छ । जस अनुसार पंजीकृत सदस्य १ हजार भएका देशबाट १०० जना, २ हजार भएका देशबाट १२५, ३ हजार भएका देशबाट १३८, ४ हजार भएका देशबाट १४६, ५ हजार भएका देशबाट १५२, १० हजार भएमा देशबाट १७१, १५ हजार भएका देशबाट १८१, २० हजार भएका देशबाट १८९, ३० हजार भएका देशबाट १९९, ४० हजार भएका देशबाट २०६ जना महाधिबेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।
यसैगरी पंजीकृत सदस्य संख्याको आधारमा सम्बन्धीत देशले आइसीसी सदस्य निर्वाचित गर्ने व्यवस्था गरिएको छ । जस अनुसार ५ हजार सदस्य भएका देशबाट ५ जना, ७ हजारबाट ६ जना, १० हजारबाट ७ जना, १४ हजारबाट ८ जना, १९ हजारबाट ९ जना र २५ हजार वा सो भन्दा बढिबाट १० जना आइसीसी सदस्यको प्रावधान राखिएको छ । साथै थप २१ जना केन्द्रीय सदस्य र बढिमा ११ जना सल्लाहकारको मनोनयन गर्न पनि संघलाई अधिकार दिइएको छ ।
संघको स्विकृत धिान अनुसार अब एनआरएनएमा नेता र नेतृतको संख्या बढ्ने भएको छ । ६÷६ जना महिला र यूवा उपसंयोजकले संघको बैकल्पिक नेतृतव् निर्माणमा सघाउने बताइएको छ । यसबाट महिला अभियन्ताको संख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

वि.सं.२०७३ फागुन ८ आइतवार ०७:४१ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...