Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

टर्कीका ८७ जना गुप्तचर अधिकारीलाई पदबाट बर्खास्त



१२ असोज, अङ्कारा (टर्की) । टर्कीको राष्ट्रिय गुप्तचर संस्था (एमआईटी) ले इस्लाम धर्मगुरु फेतेल्लाह गुलेनको आन्दोलनसँग आवद्धता भएको आरोपमा मङ्गलबार ८७ जना गुप्तचर अधिकारीलाई पदबाट बर्खास्त गरेको यहाँको राज्य सञ्चालित अनादोलु समाचार संस्थाले जनाएको छ ।

बर्खास्त भएका ८७ जनामध्ये ५२ जना अधिकारीलाई फौजदारी अभियोग लगाइएको छ ।

गुप्तचर अधिकारीविरुद्धको कारबाही टर्कीमा जुलाई १५ मा भएको असफल कू प्रयासपछि घोषणा भएको तीन महिने सङ्कटकालका क्रममा यहाँको संवैधानिक निर्देशनअनुरूप भएको हो ।

यी सबै गुप्तचर अधिकारी भविष्यमा यहाँको सरकारी जागिरका लागि अयोग्य रहने गरी बर्खास्त भएका छन् ।

टर्की सरकारले जुलाई १५ मा भएको असफल राज्य विद्रोहमा धर्मगुरु गुलेको हात रहेको भन्दै अमेरिकासँग गुलेनलाई पक्राउ गरी कारबाहीका लागि टर्कीलाई सुपुदर्गी गर्न यसअघि नै निर्देशन दिएको छ ।

तर गुलेन र उहाँको सङ्घसंस्थाले आफूहरूको अभियान विल्कुल शान्तिपूर्ण धार्मिक अभियान रहेको बताउँदै राज्य विद्रोह गराउने आफ्नो कुनै योजना नरहेको जनाएका छन् । सिन्ह्वा


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा