back
CTIZAN AD

टर्कीका ८७ जना गुप्तचर अधिकारीलाई पदबाट बर्खास्त

वि.सं.२०७३ असोज १२ बुधवार

2K 

shares

१२ असोज, अङ्कारा (टर्की) । टर्कीको राष्ट्रिय गुप्तचर संस्था (एमआईटी) ले इस्लाम धर्मगुरु फेतेल्लाह गुलेनको आन्दोलनसँग आवद्धता भएको आरोपमा मङ्गलबार ८७ जना गुप्तचर अधिकारीलाई पदबाट बर्खास्त गरेको यहाँको राज्य सञ्चालित अनादोलु समाचार संस्थाले जनाएको छ ।

बर्खास्त भएका ८७ जनामध्ये ५२ जना अधिकारीलाई फौजदारी अभियोग लगाइएको छ ।

गुप्तचर अधिकारीविरुद्धको कारबाही टर्कीमा जुलाई १५ मा भएको असफल कू प्रयासपछि घोषणा भएको तीन महिने सङ्कटकालका क्रममा यहाँको संवैधानिक निर्देशनअनुरूप भएको हो ।

यी सबै गुप्तचर अधिकारी भविष्यमा यहाँको सरकारी जागिरका लागि अयोग्य रहने गरी बर्खास्त भएका छन् ।

टर्की सरकारले जुलाई १५ मा भएको असफल राज्य विद्रोहमा धर्मगुरु गुलेको हात रहेको भन्दै अमेरिकासँग गुलेनलाई पक्राउ गरी कारबाहीका लागि टर्कीलाई सुपुदर्गी गर्न यसअघि नै निर्देशन दिएको छ ।

तर गुलेन र उहाँको सङ्घसंस्थाले आफूहरूको अभियान विल्कुल शान्तिपूर्ण धार्मिक अभियान रहेको बताउँदै राज्य विद्रोह गराउने आफ्नो कुनै योजना नरहेको जनाएका छन् । सिन्ह्वा

वि.सं.२०७३ असोज १२ बुधवार ०३:४० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...