back
CTIZAN AD

जोडियो म्याग्दि सडक सञ्जालमा

वि.सं.२०७५ वैशाख २७ बिहीवार

651 

shares

road२७ वैशाख, बाबियाचौर, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ ।

मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पु¥याइएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजना अन्तर्गत बेँसीसम्म सडक मार्ग पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताए ।

दुई ठाउँमा करीब २०० मिटर पहाडी मार्ग खोल्न बाँकी भए पनि तीन ठाउँमा डाइभर्सन बनाएर बेँसीसम्म जिप, ट्याक्सी, मोटरसाइकल, माइक्रोबस, ट्र्याक्टर चल्न सक्नेगरी सडक पु¥याइएको अध्यक्ष पुनले बताए । आगामी असार महिनाभित्र बाँकी रहेको चट्टानी पहाडमा बाटो बनाइसक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको उनको भनाइ थियो ।

विसं २०७० मा अर्गला पुगेको सडकलाई थप तीन किलोमिटर विस्तार गरेर बेँसीसम्म पु¥याइएको छ । सडक सञ्जालमा जोडिएपछि आवतजावत गर्न, बिरामीलाई अस्पताल पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी तथा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुको निकासीमा सहज भएको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

“बेँसीबाट हिँडेर अर्कला पुग्न भिर, खोल्सा र जंगलको बाटो एक घण्टाभन्दा धेरै पैदल हिँड्नुपथ्र्यो” वडाध्यक्ष सुवेदीले भने, “अहिले दश मिनेमै पुगिन्छ । ढुवानी भाडा घटेको छ । स्थानीयवासीलाई आवतजावतमा सुविधा पुगेको छ ।” उक्त सडकबाट धौलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको कुइनेखानी गाउँका ६०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

आयोजनाका प्राविधिक कृष्ण रायका अनुसार पछिल्लो चार वर्षयता उक्त सडक निर्माणमा रु तीन करोडभन्दा बढी खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा धौलागिरि गाउँपालिकाले रु ९० लाख र जिल्ला समन्वय समितिले कृषि सडक आयोजना अन्तर्गत रु ७५ लाख विनियोजन गरेका छन् ।

गत वर्ष जिल्ला समन्वय समितिले दुई वटा शीर्षकमा रु एक करोड, विसं २०७३ मा रु साठी लाख र विसं २०७२ मा रु १५ लाख विनियोजन गरेको थियो । सडक डिभिजन कार्यालयले करीब ४० मिटर पहाड फुटाएर मार्ग खोल्न गत वर्ष करीब रु डेढ करोडमा शुरु गरेको काम यस वर्ष योजनाले निरन्तरता नपाएपछि रोकिएको छ ।

चट्टानी पहाडयुक्त कठिन भूगोलमा सडक निर्माण गर्दा धेरै समय र लगानी भएको प्राविधिक रायले बताए । अक्करे भिर छिचोलेर गाउँमा सडक र गाडी आउँदा खुशीले गद्गद भएको बेँसीका चूडामणि सुवेदीले बताए ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष रेशम छन्त्यालले मार्गमात्र खोलिएको सडकको विस्तार, स्तरोन्नति, मोटरेबल पुल निर्माणका साथै मराङका अन्य बस्ती, मल्कवाङसम्म सडक विस्तार गर्न प्राथमिकता दिइने बताए ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार १४:५५ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...