back
CTIZAN AD

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको अधिवेशन सम्पन्न

वि.सं.२०७३ असोज १२ बुधवार

2K 

shares

नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सको चौथो अधिबेशन सम्पन्न भएको छ । नेदरल्याण्डको राजधानी आमस्ट्राडममा २७ सेप्टेम्बरका दिन सम्पन्न अबिधेशनले उत्तम कंडेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति क्रमश वरिष्ठ उपाध्यक्ष पदम बहादुर क्षेत्री, उपाध्यक्षहरुमा विष्णु पोखरेल, चन्द्र पौडेल, महामन्त्रीमा शालिक गौतम, प्रेम जंग गुरुङ्ग, कोषाध्यक्ष विनोद गौतम, सहमहामन्त्री किरण अर्याल, सहकोषाध्यक्ष सिता थापा र सदस्यहरु नर बहादुर कार्की (गणेश), तेजेन्द्र प्रताप केसी, चिजमान गुरुङ्ग, दिपक ढकाल, डिल्ली कँडेल, वेदराम कँडेल, जितेन्द्र श्रेष्ठ, धर्मराज कार्की, राजेन्द्र प्रसाद शर्मा, विष्णु प्रसाद बास्तोला, भिम पुर्जा र रुपक रेग्मी निर्विरोध निर्वाचत गरेको छ ।
त्यस्तै आम सहमति अनुरुप एकवर्ष पश्चात वरिष्ठ उपाध्यक्ष क्षेत्री अध्यक्ष बन्ने सहमति समेत गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको आसनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सुरेन्द्र राज पाण्डेले नेपालका विभिन्न भुगोलमा बस्दै जाती जनजातिहरु प्रति लक्षित केपी ओलीको अन्धराष्ट्रवादका कारणबाट मुलुकले निकाश पाउन नसक्ने भएका कारण सरकार परिवर्तन गर्नु परेको बताए ।
पाण्डेले मधेशबादी दलले भनेका सवै मागहरु हुबहु पनि पुरा गर्न नसकिने र उनीहरुका मागहरुलाई पुरै वेवास्ता गरेर जान पनि नमिल्ने बताउनु भयो
अधिवेसनमा बेल्जियम, जर्मनी तथा डायस्पोरामा रहेका नेपाली जनसंपर्क समिति, महाधिवेसन प्रतिनिधी तथा महासमिति सदस्यहरु, नेदरल्ल्याण्ड्सका नेपाली संघसंस्था तथा समुदायको उपस्थिती रहेको थियो ।

वि.सं.२०७३ असोज १२ बुधवार १२:५५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...