स्मृतिका गर्तहरुमा
म मेरो हराएको विगतलाई खोजिरहेको छु
अस्पष्ट वर्तमानलाई टेकेर
अध्यारो भविष्यतिर लम्किरहेको छु
कुहिरोभित्र हराएको कागझैं
गंतब्यहिन् र लक्षहीन
अघि बढिरहेछ मेरो यात्रा
वत्र्तमान नै हराएको बेला
कुन्नि किन हो म
फेरि एकचोटि
हराएको विगत खोजिरहेको छु
पल्टाइरहेकोछु पुस्तकका पानाझैं
अनि पुनरावलोकन गरिरहेको छु
उही तितो बिगतलाई,
किन कि
भोलि मेरो बिगत मबाट टाडा हुँदैछ
फगत मसँग रहनेछ
निरास अनि अन्धकारमय भविष्य
त्यसैले अन्तिमचोटी पल्टाइरहेकोछु मेरो विगतलाई
सायद यही होला मेरो आजको तितो यथार्थ ।।।
इति
वि.सं.२०७५ जेठ ३ बिहीवार १०:३४ मा प्रकाशित































