back
CTIZAN AD

जनसम्पर्क समिति अमेरिकाको ध्यानाकर्षण

वि.सं.२०७५ जेठ ३ बिहीवार

840 

shares

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मुख्यमन्त्री तथा प्रदेश सरकारले गरेका क्रियाकलापप्रति नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुन्द्रि नेम्वाङद्धारा जारी प्रेस विज्ञप्तिमा भारतीय प्रधानमन्त्री मोदीको दुईदिने नेपाल भ्रमणका क्रममा उब्जिएका प्रत्येक घटनालाई हेर्दा स्वतन्त्र र सार्वभौम, स्वाधीन राष्ट्र नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमिता र लोकतान्त्रिक राज्य व्यवस्थामाथि ठाडो हस्तक्षेप भएको भन्दै समितिले
आपत्ति जनाएको छ ।

प्रेस विज्ञप्ति जस्ताको तस्तै

मित्र राष्ट्र भारतको प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको वैशाख २८ गते राजकीय नेपाल भ्रमणको अवधिमा भारतीय सांसद, नेपाल सरकार र दुई नम्बर प्रदेशका मुख्य मन्त्री एवं प्रदेश सरकारले गरेका गम्भीर त्रुटि, कृयकलाप र आपत्तिजनक अभिव्यक्तिहरू प्रति हामी प्रवासमा बस्ने आम नेपालीको बिशेष ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको वेलामा उब्जीएका प्रत्येक घटनालाई नियाल्दा एउटा स्वतन्त्र सार्वभौम स्वाधीन राष्ट्र नेपालको, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र लोकतान्त्रिक राज्य व्यवस्था माथि ठाडो हस्तक्षेप गरी निर्मम प्रहार भएको ठहर नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको छ ।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कै समयमा एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र नेपालको भु९भाग जनकपुरलाई भारतमा मिलाउनु पर्छ भनेर अभिव्यक्ति दिने भारतीय सत्तासीन पार्टीका सांसद किर्ति आजादको अभिव्यक्तिप्रति संगठनले घोर निन्दा र भत्र्सना गर्दै, चाँडो सरकारले कुटनीतिक पहल गरी यस बिषयलाई सम्बोधन गर्न जोडदार माग गरेको छ ।

त्यस्तै प्रदेश न. २ का मुख्यमन्त्री लालबावु राउतले कुटनीतिक मर्यादालाई भुलेर मोदीसामु दिएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्त्ति, नागरिक सर्वोच्चता र लोकतान्त्रिक राज्य व्यवस्था माथि ओली सरकारले गरेको ठाडो कम्युनिष्ट अधिनायकवादी हस्तक्षेप, गम्भीर व्यवस्थापकीय त्रु्टिका कारण भएको नेपालको राष्ट्रिय झण्डाको अपमान, नेपाली भुगोलमा भारतीय सेना र कमाण्डोको हस्तक्षेपकारी उपस्थिति, र जनतालाई सुचिचित गराउँने नेपाली संन्चारकर्मीलाई मोदीको भ्रमणमा बामगठबन्धनको सरकारले गरेको प्रवेशस् निषेध,लगायतले स्वाधीन राष्ट्रको स्वाभिमानी नेपालीलाई गहिरो चोट पुर्याएको छ । त्यसैले यस्ता किसिमका आपत्तिजनक गतिविधिको नेपाली जनसम्पर्क समिति अमेरिकाले कडा आपत्तिका साथ घोर निन्दा र भत्र्सना गर्दछ ।

पिडादायक भारतीय नाकाबन्दीलाई नेपाली जनताले बिर्सिएका छैनन् । नेपाल भ्रमणको वेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुवैले नाकाबन्दीको बारेमा सम्बोधन नगरेको प्रति संगठनले खेत प्रकट गर्दै, यो एउटा गम्भीर भुल भएको ठहर गरेको छ ।

राष्ट्रवादी गठबन्धनको मुकुण्डो लगाएर प्रधानमन्त्री बनेका खड्क प्रसाद ओलीले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामु लत्रीएर नाङगीएपछि सार्वभौम नेपालको राष्ट्रिय अस्मिता नै यतिवेला खतरामा भएको आभाष हाम्रो संगठनले गरेको छ । त्यसैले मुलुकको राष्ट्रीयता, सार्वभौमिकता र अखण्डता नै केही खकुलो र कमजोर बनी चरमराएको यो बेलामा सारा देश र विदेशमा भएका आम नेपालीलाई

स्वतन्त्र सार्वभौम स्वाधीन राष्ट्र नेपालको, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र लोकतान्त्रलाई बलीयो र मजबूद बनाउँनका निमित्त एक ढिक्का भईदिनहुन नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछु ।’

धन्यवाद

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

मे १५, २०१८

वि.सं.२०७५ जेठ ३ बिहीवार १०:५८ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...