back
CTIZAN AD

मध्यपूर्वमा थप शान्ति पहल जरुरी : पोप फ्रान्सिस

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.2K 

shares

१४ असोज, भेटिकनसिटी । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले बिहीबार मध्यपूर्वमा विगत केही वर्षदेखि रहँदै आएको द्वन्द्वको पीडा कम गर्न र यस क्षेत्रमा शान्ति स्थापनाका लागि थप पहल गर्न क्याथोलिक च्यारिटी सम्बद्ध अभियन्तालगायत विश्व समूदायलाई बिहीबार अनुरोध गर्नुभएको छ ।

सिरिया, इराक तथा अन्य मध्यपूर्वी राष्ट्रहरूमा देखिएको युद्धका कारण गम्भीर मानवीय सङ्कट उत्पन्न भएको बताउँदै उहाँले यसलाई छिट्टै अन्त्य गर्न र द्वन्द्वबाट पीडित व्यक्तिहरूलाई मानवीय सहयोगको अभाव हुन नदिन फ्रान्सिसले आग्रह गर्नुभएको हो ।

सिरियाका लागि संयुक्त राष्ट्रसङ्घ प्रमुख स्टेफेन डे मिस्टुरासमेत सहभागी एक कार्यक्रममा क्रिश्चियन धर्मगुरु फ्रान्सिसले गतवर्षमा भएका मध्यपूर्वी देशको द्वन्द्व अन्त्यका लागि प्रयासहरू भए पनि हतियार, दमन, अन्तरनिहीत स्वार्थ र हिंसाका कारण यस क्षेत्रको जीवन कहाली लाग्दो अवस्थामा रहेको बताउनुभयो ।

उहाँले अलेप्पोमा युद्धबिराम भङ्ग गर्दै हालैका दिनमा भएका हवाई आक्रमणप्रति चासो व्यक्त गर्दै यसको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

युद्धबिरामबाट शान्तितिर अघि बढेको समूहहरू फेरि द्वन्द्वमा आउनु चिन्ताको विषय भएको भन्दै यसलाई रोक्न तत्काल प्रयासहरू थाल्नुपर्ने उहाँको भनाई थियो । एपी

वि.सं.२०७३ असोज १४ शुक्रवार ०२:४५ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...