Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

मध्यपूर्वमा थप शान्ति पहल जरुरी : पोप फ्रान्सिस



१४ असोज, भेटिकनसिटी । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले बिहीबार मध्यपूर्वमा विगत केही वर्षदेखि रहँदै आएको द्वन्द्वको पीडा कम गर्न र यस क्षेत्रमा शान्ति स्थापनाका लागि थप पहल गर्न क्याथोलिक च्यारिटी सम्बद्ध अभियन्तालगायत विश्व समूदायलाई बिहीबार अनुरोध गर्नुभएको छ ।

सिरिया, इराक तथा अन्य मध्यपूर्वी राष्ट्रहरूमा देखिएको युद्धका कारण गम्भीर मानवीय सङ्कट उत्पन्न भएको बताउँदै उहाँले यसलाई छिट्टै अन्त्य गर्न र द्वन्द्वबाट पीडित व्यक्तिहरूलाई मानवीय सहयोगको अभाव हुन नदिन फ्रान्सिसले आग्रह गर्नुभएको हो ।

सिरियाका लागि संयुक्त राष्ट्रसङ्घ प्रमुख स्टेफेन डे मिस्टुरासमेत सहभागी एक कार्यक्रममा क्रिश्चियन धर्मगुरु फ्रान्सिसले गतवर्षमा भएका मध्यपूर्वी देशको द्वन्द्व अन्त्यका लागि प्रयासहरू भए पनि हतियार, दमन, अन्तरनिहीत स्वार्थ र हिंसाका कारण यस क्षेत्रको जीवन कहाली लाग्दो अवस्थामा रहेको बताउनुभयो ।

उहाँले अलेप्पोमा युद्धबिराम भङ्ग गर्दै हालैका दिनमा भएका हवाई आक्रमणप्रति चासो व्यक्त गर्दै यसको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

युद्धबिरामबाट शान्तितिर अघि बढेको समूहहरू फेरि द्वन्द्वमा आउनु चिन्ताको विषय भएको भन्दै यसलाई रोक्न तत्काल प्रयासहरू थाल्नुपर्ने उहाँको भनाई थियो । एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले