back
CTIZAN AD

टर्कीमा डुङ्गा दुर्घटनामा चारको मृत्यु, तेइस बेपत्ता

वि.सं.२०७३ असोज १४ शुक्रवार

1K 

shares

turkey-flag१४ असोज, इस्तानबुल (टर्की) । टर्कीको दक्षिणपश्चिमी सहर बोडरममा विदेशी नागरिक चढेको एक डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र २३ जना नदीमा डुबेर बेपत्ता भउको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले बिहीबार जनाएको छ ।

एकतीस जना आप्रवासीलाई लिएर हिँडेको डुङ्गा अत्यधिक भारका कारण डुबेपछि चार जनालाई जीवितै उद्धार गरिएको थियो भने चार जनाको मृत शरीर पानीबाट बाहिर निकालिएको छ । २३ जना अझै बेपत्ता रहेका छन् ।

डुङ्गा दुर्घटनापछि मृत अवस्थामा उद्धार गरिएका चारै जनाको शरीरमा ‘लाइफ भेस्ट’ भेटिएको छैन ।

सन् २०१५ मा भूमध्यसागरिय क्षेत्रको बाटो हुँदै युरोप जाने क्रममा भएका डुङ्गा दुर्घटना लगायतका घटनामा कम्तिमा तीन हजार ८०० जनाको ज्यान गएको थियो ।

टर्कीको बाटो हुँदै ग्रीसका विभिन्न टापुबाट युरोप पुग्ने आप्रवासीले असुरक्षित यात्रा गर्दा यस वर्ष पनि ठूलो सङ्ख्यामा ज्यान गुमाए पनि सन् २०१५को तुलनामा यो सङ्ख्या केही घटेको छ । एपी

वि.सं.२०७३ असोज १४ शुक्रवार ०२:५० मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...