back
CTIZAN AD

विश्वको कुनै कुना बाट नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने सुविधा भएको एप 

वि.सं.२०७३ असोज १४ शुक्रवार

2.3K 

shares
connect-to-nepal
वाशिडटन डिसी l अमेरिकाको भर्जिनियामा बसोबास गर्ने दुई नेपाली विद्यार्थीहरु राजीव श्रेष्ठ र गोपाल सापकोटाले एक नयाँ एपको प्रयोग गरेर  मोबाइलमा सोझै रिचार्ज पैसा हालि दिन सक्ने बनाएका छन् l
 
श्रेष्ठ तथा सापकोटा हाल डिसी महानगर क्षेत्रमा अवस्थित अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी (एसीसीटी) मा अध्ययनरत छन् l
 
हालै सार्बजनिक गरेको उक्त एप कनेक्टटुनेपाल वेव र मोबाइल दुबै बाट प्रयोग गर्न सकिने छ । कनेक्टटुनेपालको एप एन्ड्रोइडको गुगल प्ले तथा आइओएस्को एप स्टोर बाट सर्च गरेर बिना शुल्क डाउन लोड गर्न सकिन्छ । यस्को प्रयोगबाट छोटो समय मै लाखौं नेपाली लाभान्वित हुने छन् l
 
यो एप चलाउन निकै सजिलो भएको र आइफोन र एन्ड्रोइड दुवैका प्रयोगकर्ताहरुले यो एपबाट भरपूर फाइदा उठाउन सक्ने गरी निकै ठूलो प्राविधिक प्रयास पछि यो बनाउन सफल भएको उनीहरुले जानकारी गराए ।
 
अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन आइटी प्रोफेसनलहरुको नयां संस्था सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जिनियर्स (स्नेयी) को अन्तरक्रिया कार्यक्रममा राजीव र गोपालले यो एपको पहिलो पटक सार्वजनिक गरेका हुन । 
 
एकै महिनामा ५ सय रेगुलर प्रयोगकर्ता बनेको र उनीहरुको कारोबारबाट नेपाल सरकारले ३ लाख सम्मको राजश्व पाइसकेको आंकडा पनि उनीहरुले दिए ।
 
यो एपले एनटिसी, एनसेल तथा युटिएल सवै कम्पनीका मोबाइलमा विदेशबाटै सजिलै पैसा रिचार्ज गर्न सकिन्छ । नेपालमा रहेका आफन्तको मोबाइल नम्बर मात्र भए फोनको रिचार्ज गर्न सकिने छ भने पे पाल मार्फत आफ्नो भीसा, मास्टर कार्ड तथा बैंक कार्डबाट समेत पैसा चार्ज गर्न सकिन्छ । डलर तथा पाउण्डबाट गरिएको चार्जको नेपालीमा यति हुन्छ भनेर देखाउने ब्यबस्था पनि गरिएको छ ।
 
यी युवाको जोडीले नेपालसंग संसारभरिका नेपालीहरुलाई जोड्ने सिलसिलामा यो पहिलो उपहार ल्याएको र आफूहरु अरु दुई ठूला र विशुद्ध नयाँ आइटी प्रोजेक्ट तयार गर्न तल्लीन रहेको बताएका छन् ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०५:०९ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...