back
CTIZAN AD

दशैंको मुखमा

वि.सं.२०७३ असोज १७ सोमवार

2.7K 

shares

suman-ghimire

प्रत्येक दशैंको मुखमा
आमाले सोध्ने प्रश्न, एउटै हुन्छ,
यसपाली त आउँछस् नि छोरा?
म बझछु ,
आमाको प्रश्नको चाहना
दशैं सँगै भित्रिने दौतरीको हुलमा
आमा मलाई पनि देख्न चाहनु हुन्छ ।
त्यो चंगा, त्यो लट्टे
मैले चचहुई गर्ने पींगका डोरी
अझै कतै मिल्केका हुन्
आमा चाहनु हुँदो हो
म दसैंमा आएर खेलिदियोस् ।
आमाको प्रश्नले,
नसम्झाएको होईन मलाई
आमाको माया,
गाउँको माया,
अनि एक्लिदै गरेको
मेरो देशको माया ।
म हरेक दशैंलाई
अर्को साल तिर सारिदिन्छु ,
अनेक बाहनाहरु छन् मँ सँग
भनिदिन्छु बिदा मिलेन,
कहिले भनिदिन्छु भिसा मिलेन,
आमालाई भेट्दै नभेट्ने
मेरो पनि ईच्छा होइन ।
मैले हवाईजहाज सँगै परदेशमा
ल्याएको थिएँ
थुप्रै समस्याका पोकाहरु
त्यही पोकाहरु खोल्दै जाँदा
भेटेको छु,
अनगिन्ति जटिलताहरु,
जुन दशैं भन्दा निकै प्रिय छन् ।
जे कुरा पनि सजिलै पत्याउने
मेरी आमालाई
घरको आकास माथि उडेका
हवाईजहाजहरु देख्दा पनि रिस उठ्दो हो,
मेरी आमालाई के थाहा ?
हवाईजहाज सँगै रातारात उडेका छन्
अनगिन्ति आमाका हजारौं सपनाहरु ।
हरेक दशैंको मुखमा,
आमा यस्तै गर्छिन
आमा यस्तै भन्छिन्
हेरिरहिन्छिन् आँगनीको सिमलको बोट
सयपत्रीले सजिएको फुलबारी,
अनि पहेलैं भएको जमरा ।
आमालाई रिस उठ्दो हो
देश नपर्कने छोरा सँग
अझ त्यो भन्दा बढि त ,
गरिबीहरुसँग,
अराजकताहरुसँग,
अनि
बेरोजगारीहरु सँग,
जसले छोरालाई मुग्लान पठाएको छ ।

सौराहा , चितवन

वि.सं.२०७३ असोज १७ सोमवार ०४:३२ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

कविता : सखी

कविता : सखी

कल्पना अधिकारी,टोखा, काठमाडौँ साथ तिम्रो मिलेकैले जिएकी छु म कल्पना...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

कविता : परमेश्वर हुन् बाबु र आमा

कविता : परमेश्वर हुन् बाबु र आमा

कविराज घिमिरे चाँगुनारायण , भक्तपुर तोय पिलाए ज्ञान दिलाए शैक्षिक...

कविता : सानो नमस्कार छ

कविता : सानो नमस्कार छ

हिरा भट्ट"बदमास नम्बर दुई" पञ्चेश्वर-६, बैतडी ढिस्कानो गुटको फलानु कविका...