back
CTIZAN AD

राष्ट्र संघका प्रमुखद्वारा आक्रमणको भत्र्सना

वि.सं.२०७३ असोज १८ मंगलवार

1.1K 

shares

१८ असोज,संयुक्त राष्ट्र संघ । संयुक्त राष्ट्र संघका प्रमुख बान कि मूनले मालीमा कार्यरत राष्ट्रसंघीय शान्ति स्थापना आयोग (मिनुस्मा) उपर गरिएको शृङ्खलावद्ध आक्रमणको कडा शव्दमा निन्दा गर्नु भएको छ ।

सो आक्रमणमा परी चाडका एकजना राष्ट्रसंघीय शान्तिदूतको मृत्यु हुनाको साथै अन्य आठजना राष्ट्रसंघीय कर्मचारीहरु सख्त घाइते भएका थिए ।
उत्तरी मालीको किडाल क्षेत्रको आगेलहोक इलाकामा गतः सोमवार मिनुस्माका शान्तिदूत तथा संरचनालाई लक्ष बनाई चारवटा अलग अलग शङ्खलावद्ध आक्रमण गरिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
राष्ट्र संघका कर्मचारी एवं भौतिक सम्पत्ति माथिको आक्रमणलाई युद्ध अपराध मानिने स्मरण गराउँदै आक्रमणकारीको पहिचान गरी उनीहरुलाई अति शीघ्र न्यायको कठघरा भित्र ल्याउन पनि राष्ट्रसंघीय प्रमुख मूनले आह्वान गर्नु भएको छ ।
सो कुरा राष्ट्रसंघका प्रवक्ताद्वारा प्रकाशित एक प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
मालीमा हालैका महिनाहरुमा आतंककारीहरुले मिनुस्मालाई लक्ष बनाई तीब्र आक्रमण गरिरहेका र यस्ता आक्रमणबाट मिनुस्माका साठ्ठ्ी भन्दा बढी शान्तिकर्मीले ज्यान गुमाइ सकेका छन् ।
गतः मे महिनामा मात्र शृङखलावद्ध आक्रमण हुँदा बाह«जना शान्तिदूतको हत्या हुनाको साथै अन्य थुप्रै घाइते भएका थिए । यस्तै हत्यालाई दृष्टिगत गरी गतः जुनमा राष्ट्रसंघीय सुरक्षा परिषदले मालीका सशस्त्र आतंककारीलाई निर्मूल गर्ने उद्देश्यले मिनुस्मा शान्तिसेनाको संख्यामा बृद्धि गर्ने निर्णय गरेको थियो ।
राष्ट्र संघीय प्रमुख मूनले मालीमा गतः जुनमा हस्ताक्षरित “शान्ति तथा पुनः मैत्री स्थापना सम्झौता” को अक्षरसः पालना गरी मुलुकमा स्थायित्व र सुरक्षा कायम गराउन मालीका सबै राजनीतिक दलसँग सहयोगको याचना गर्नु भएको पनि सो प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
मालीमा हिंसा हत्या मच्चाउँदै आएका सशस्त्र आन्दोलनकारी समूहः “कोअर्डिनेशन डे ला आजावाद” र सरकारबीच अर्को एउटा “प्लेटफोर्म डे कोइलेसन अफ आम्र्ड ग्रुप” नामक नरमपन्थी समूहको सहयोगमा गतः १५ जुनमा “शान्ति तथा पुनः मैत्री स्थापना सम्झौता” मा हस्ताक्षर सम्पन्न भएको थियो ।

विगत सन् २०१२ देखि नै अफ्रिकी राष्ट्र मालीले चरम अशान्ति तथा हिंसा हत्या तथा राजनीतिक अस्थिरताको पीडा भोग्दै आएको छ । बिभिन्न उग्रबादी र आतंककारी समूहले मुलुकको उत्तरी भूभाग कब्जामा लिनुका साथै समग्र राष्ट्रलाई नै तहस नहस पार्दै लगेका छन् । रासस ÷सिन्हवा

वि.सं.२०७३ असोज १८ मंगलवार ०७:५६ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...