Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहणका लागि काम हुँदै



काठमाडौँ, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाहीले सात प्रदेशमा पर्यटन पूर्वाधार विकासका लागि गुरुयोजना तयार भइरहेको जानकारी दिनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहणका लागि काम अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का नेता लालबाबु पण्डितले मुलुकमा विद्यमान समस्या समाधानका लागि दलहरु जिम्मेवार हुनुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयनको चरण पूरा भएपछि संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिनुभयो । नेकपा(माओवादी) केन्द्रका नेता दीनानाथ शर्माले दलहरुको एकताका कारण देशमा संविधान जारी भएको बताउँदै अब पनि देशको समस्या समाधानका लागि दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले संविधान संशोधनका लागि सरकारले आवश्यक कार्य अगाडि बढाउन नसकेको बताउँदै छठसम्म पनि संविधान संशोधनको कार्यले मूर्त रुप लिन नसकेमा आफ्नो दलले सरकारविरुद्ध विभिन्न गतिविधि गर्ने प्रस्ट पार्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी