back
CTIZAN AD

भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहणका लागि काम हुँदै

वि.सं.२०७३ असोज २८ शुक्रवार

954 

shares

काठमाडौँ, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाहीले सात प्रदेशमा पर्यटन पूर्वाधार विकासका लागि गुरुयोजना तयार भइरहेको जानकारी दिनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहणका लागि काम अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का नेता लालबाबु पण्डितले मुलुकमा विद्यमान समस्या समाधानका लागि दलहरु जिम्मेवार हुनुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयनको चरण पूरा भएपछि संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिनुभयो । नेकपा(माओवादी) केन्द्रका नेता दीनानाथ शर्माले दलहरुको एकताका कारण देशमा संविधान जारी भएको बताउँदै अब पनि देशको समस्या समाधानका लागि दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले संविधान संशोधनका लागि सरकारले आवश्यक कार्य अगाडि बढाउन नसकेको बताउँदै छठसम्म पनि संविधान संशोधनको कार्यले मूर्त रुप लिन नसकेमा आफ्नो दलले सरकारविरुद्ध विभिन्न गतिविधि गर्ने प्रस्ट पार्नुभयो । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:२३ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...