back
CTIZAN AD

उनको दोषप्रति

वि.सं.२०७५ साउन २० आइतवार

672 

shares

 

तिमी मुखले केही नभन,
तिम्रो चरित्र नै मेरो लागि चीत्कार गर्छ ।
तिमी जति चिच्याऊ मेरो बिरुद्धमा,
किन कि,
म तिमीलाई अध्यारोमा जस्तो देख्छु
तिम्रो चरित्र पनि उज्यालोमा उस्तै देख्छु ।

अरुले कुरा काट्छन् तिम्रो
आफ्नै मुटु काटे जस्तो लाग्छ, कठै!
मन मनै सम्झिन्छु,आँसुले परेली भिजाउँछु
अनि जुनेली रातलाई सोध्छु

अरुले कोरेको बाटोमा लमकलमक किन हिँडछन् उनी ?
अफ्नै पहिचान बेचेर आफुले नै नबुझ्ने
कथा किन लेख्छन् ?

ख़ुट्टाबाट जुका पसी टाउकोमा टेकेको
थाहा पाउँदैनन् उनी
अफ्नै अगाडि आफ्नै मलामी गएको
देख्दैनन् किन कुन्नि ?

समाजले खोज्छन् मलाई कहिलेकाँही
सहन सक्दैनन् उनी, कति पनि मेरो नाम सुन्न
उनी बार बार खण्डित भई आफैँ पछारिन पुगछन्
तर पनि मेरो नाम मेटाउन  भेटी चढाउन पुग्छन् ।

तर म चित्त बुझाउँछु
जो आफैँमा पतित छ ,
उसलाई अरुको नामको गर्व कहॉ हुन्छ र ?
उनी आफ्नै नजरमा उठनलाई बार बार गिर्छन्

त्यसैले त म सधै हाँसिदिन्छु
अनि उनको दोषप्रति अलिकति
आखॉ चिम्लिदिन्छु ।

इति

वि.सं.२०७५ साउन २० आइतवार १०:५९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम सुखी छैन मेरो कतै जिन्दगानी सुने हुन्छ...