तिमी मुखले केही नभन,
तिम्रो चरित्र नै मेरो लागि चीत्कार गर्छ ।
तिमी जति चिच्याऊ मेरो बिरुद्धमा,
किन कि,
म तिमीलाई अध्यारोमा जस्तो देख्छु
तिम्रो चरित्र पनि उज्यालोमा उस्तै देख्छु ।
अरुले कुरा काट्छन् तिम्रो
आफ्नै मुटु काटे जस्तो लाग्छ, कठै!
मन मनै सम्झिन्छु,आँसुले परेली भिजाउँछु
अनि जुनेली रातलाई सोध्छु
अरुले कोरेको बाटोमा लमकलमक किन हिँडछन् उनी ?
अफ्नै पहिचान बेचेर आफुले नै नबुझ्ने
कथा किन लेख्छन् ?
ख़ुट्टाबाट जुका पसी टाउकोमा टेकेको
थाहा पाउँदैनन् उनी
अफ्नै अगाडि आफ्नै मलामी गएको
देख्दैनन् किन कुन्नि ?
समाजले खोज्छन् मलाई कहिलेकाँही
सहन सक्दैनन् उनी, कति पनि मेरो नाम सुन्न
उनी बार बार खण्डित भई आफैँ पछारिन पुगछन्
तर पनि मेरो नाम मेटाउन भेटी चढाउन पुग्छन् ।
तर म चित्त बुझाउँछु
जो आफैँमा पतित छ ,
उसलाई अरुको नामको गर्व कहॉ हुन्छ र ?
उनी आफ्नै नजरमा उठनलाई बार बार गिर्छन्
त्यसैले त म सधै हाँसिदिन्छु
अनि उनको दोषप्रति अलिकति
आखॉ चिम्लिदिन्छु ।
इति
वि.सं.२०७५ साउन २० आइतवार १०:५९ मा प्रकाशित