back
CTIZAN AD

शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबेर बेपत्ता

वि.सं.२०७५ साउन २० आइतवार

612 

shares

२० साउन, सोलु, सल्लेरी । शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी आज तालमा डुबेर बेपत्ता भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुक्रबार भ्रमणमा निस्केका थिए । तालमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अन्दाजी १७ वर्षीय पेम्बा दोर्जे शेर्पा, अन्दाजी १६ वर्षीय पेम्बा नुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का अन्दाजी १६ वर्षीय सुनील बराइली रहेका छन् ।

घटनासम्बन्धी सूचना प्राप्त हुनासाथ सिम्रिक एयरको हेलिकप्टरमार्फत स्थानीयसहित प्रहरी चौकी खुम्जुङबाट खटिएको प्रहरी टोलीलाई प्रतिकूल मौसमका कारण उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक पराजुलीले जानकारी दिए ।

उक्त स्थानमा फोन सम्पर्कसमेत नहुँदा घटनाको थप विवरण आउन बाँकी रहेको पनि उनले बताए ।

वि.सं.२०७५ साउन २० आइतवार ११:४७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...