back
CTIZAN AD

रोल्पामा सम्बन्ध विच्छेदका घटनामा वृद्धि

वि.सं.२०७५ साउन २० आइतवार

627 

shares

२० साउन, रोल्पा । घरेलु हिंसाका कारण रोल्पामा सम्बन्ध विच्छेदको क्रम पनि बढ्दै गएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्दा फाँटमा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका एक सय १७ घरेलु हिंसाका घटनामध्ये ८२ मिलापत्र भए पनि ३१ सम्बन्ध विच्छेदका लागि अदालत गएका थिए । प्रहरी कार्यालयमा उजुरी दिएर मिलापत्र हुन नसकेका ती मुद्दासहित सो वर्ष जिल्ला अदालत रोल्पामा एक सय ६९ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको बताइएको छ ।

आव ०७३÷७४ मा जिल्ला प्रहरी कार्यालयमा ८८ घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा नौ मुद्दा मात्रै सम्बन्ध विच्छेदका लागि अदालत गए । घरेलु हिंसाका घटना बढ्दै जाँदा त्यसको प्रभाव सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको देखिएको छ । हरेक वर्ष बढ्दै जाने सम्बन्ध विच्छेदका घटनाले परिवारको शिक्षा, स्वास्थ्य तथा जीविकालाई समेत प्रभाव पार्ने गरेको सामाजिक अभियानकर्मीले बताएका छन् ।

स्थानीय तहमा गठन भएका न्यायिक समितिका कारण जिल्ला अदालतसम्म आउने देवानी मुद्दाको संख्या घटे । तर, सम्बन्ध विच्छेदका मुद्दा घटेका छैनन् । न्यायिक समितिले सम्बन्ध विच्छेद पूर्व मेलमिलापका लागि सहजीकरण गर्छ । तर पनि मुद्दा दर्ताको संख्या नघटेको बताइएको छ । जिल्ला अदालतमा दर्ता भएका कूल मुद्दामध्ये ५५ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदको रहेको जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो वर्ष दर्ता भएका तीनसय २४ मुद्दामध्ये एक सय ६८ मुद्दा सम्बन्ध विच्छेदका थिए ।

“१३÷१४ वर्षकै उमेरमा विवाह गर्ने अनि २०÷२२ वर्ष पुगेपछि सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको छ,” मेलमिलापकर्ता तीर्था आचार्यले भनिन् । मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने तथा खान लाउन नदिनेजस्ता कारणले सम्बन्ध विच्छेद गर्न महिला बाध्य हँुने आचार्यको भनाई छ ।

वैदेशिक रोजगारी बढेसँगै परिवारमा भित्रिएको जीवनशैलीले पनि असर गरिरहेको छ ।

अंश लिएर सम्बन्ध विच्छेदको माग गर्दा दुबै पक्षको नाममा रहेको सम्पत्ती के कति छ खोजबिन गर्दा लामो समय लाग्ने भएकाले अंश नलिएर सम्बन्ध विच्छेद गर्ने गरेको रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठले बताउछन् ।

स्थानीय सरकारले घरेलु हिंसा न्यूनिकरणका विभिन्न कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दा समेत हिंसा घटेको देखिएको छैन । प्रहरीले समेत सडक नाटक तथा विभिन्न प्रचारात्मक कार्यक्रम गरी घरेलु हिंसा न्यूनीकरणका अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

विगतमा घरेलु हिंसा भए पनि प्रहरीसम्म उजुरी गर्न आउनेको संख्या निकै कम हुने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।

“प्रहरी तथा अन्य निकायले सञ्चालन गरेको चेतनामूलक कार्यक्रमका कारण पीडितले खुलेर उजुरी दिन थालेसँगै संख्या बढेको हो,” फुँयालले भने ।

वि.सं.२०७५ साउन २० आइतवार १४:०८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...