back
CTIZAN AD

शारदाको पिरमर्का बज्यैले नबुझेपछि…

वि.सं.२०७५ साउन २१ सोमवार

729 

shares

अष्ट ज अभियानकी केन्द्रीय तथा आजीवन सदस्य शारदा नेपालले तीजको गीत सार्वजनिक गरेकी छन् ।
बुहारीको पीडालाई गीतमा उतारेकी शारदाले ‘बुहारीको पिरमर्का बुझिनन् बज्यैले’ नामक तीजको गीति एल्बम बजारमा ल्याएकी हुन् ।
जनचेतनाको अभावमा सासुले बुहारीमाथि गर्ने खटनको जवाफ शारदाले गीतका टुक्कामार्फत फर्काएकी छन् । उनले भनेकी छन् ‘ बुहारीका पिरमर्का बुझिदिए बज्यैले, बुढेशकालमा हामीले नि पाल्छौं मज्यैले’ भन्ने जनचेतना भरिएको सामाजिक गीत ल्याएकी हुन् ।
कानुनको क्षेत्रमा कार्यरत पाल्पा कुसुमखोलनकी शारदा नेपालले समाजका लागि जनचेतनामुलक सन्देश दिन आफूले गीत ल्याएको बताएकी छिन् । ‘अहिले त्यति धेरै बुहारीमाथि सासुको खटन नभएपनि नयाँ किसीमका पीडाहरु थपिने क्रम बढी रहेको छ ।’ शारदाले भनिन्, ‘तर, धेरै दिदी बहिनीहरुले यस्तै पीडा भोग्दै आएको त्यो समयमा म आफू पनि अछुतो रहिन ।’
रचना तथा स्वर नेपालकै रहेको उक्त गीतमा संगीत मेलोडि नेपालको रहेको छ ।
पहिलो एल्बमका रुपमा उक्त तीज गीत ल्याएकी शारदाले आगामी दिनमा समय र परिस्थिति हेरेर समाजका लागि यस्तै चेतनामुलक गीती एल्बम ल्याउने संसारन्युज डटकमसँग बताइन् ।

वि.सं.२०७५ साउन २१ सोमवार ०९:४४ मा प्रकाशित