back

दक्षिण सुडानमा सरकारी सेना र विद्रोहीबीच भिडन्त हुँदा साठीको मृत्यु

वि.सं.२०७३ कात्तिक २ मंगलवार

579 

shares
IME Limited
NTC AD

२ कात्तिक,मालाकाल (दक्षिण सुडान) । दक्षिण सुडानमा सरकारी सेना र विपक्षी दलका लडाकूबीच भएको भिडन्तमा साताको अन्त्यतिर कम्तिमा ६० जनाको मृत्यु भएको सुडानी पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) का प्रवक्ता ब्रिगेडिएर जनरल लुल रुवाई कोआङकले सोमबार बताउनुभएको छ ।

भिडन्तमा पूर्व उपराष्ट्रपति रेइक मसार समर्थक ५६ जना लडाकूको मृत्यु भएको र चार जना सरकारी सैनिक अधिकारीले ज्यान गुमाएको प्रवक्ता कोआङले बताउनुभयो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भई स्थापना भएको संसारकै सबैभन्दा कान्छो देश दक्षिण सुडानमा राष्ट्रपति साल्भा किर र पूर्व उपराष्ट्रपति मसारका समर्थकबीच हुने झडपमा ज्यान गुमाउने दक्षिण सुडानी नागरिकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको छ ।

दक्षिण सुडानको वाजोक र लेलो क्षेत्रमा शुक्रबारदेखि झडप सुुरु भई शनिबारसम्म भिडन्त भएको बताइएको छ ।

उक्त झडपमा दर्जनौँ नागरिकले ज्यान गुमाएको र हजारौँ नागरिक विस्थापित हुन पुगेका स्थानीय मानवअधिकारवादी सङ्घसङ्गठनले जनाएका छन् । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०६:०१ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...