back
CTIZAN AD

नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या, चार पक्राउ

वि.सं.२०७५ भदौ २१ बिहीवार

588 

shares

rape

२१ भदौ, श्रीनगर, भारत ।  भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।

ती बालिकालाई बलात्कार गरी हत्या गरिएको खुलेको छ । बलात्कार गरी घरभन्दा केही परको जङ्गलमा लगेर ती बालिकाको शव गाडिएको अवस्थामा भेटिएको थियो ।

पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाणहरू जम्मा भइरहेको प्रहरीले जनाएको छ । उता पक्राउ परेकी एकजना महिला भने ती बालिकाकी सौतेनी आमा हुन् ।

हत्या गरी ती बालिकाको शव गाडिएको समाचारले भारतभर शोक छाएको बताइएको छ । भारतमा हुने गरेका निर्मम हत्या र बलात्कारका घटनाको पछिल्लो दर्दनाक यो घटनाले सबै भारतीय स्तब्ध बनाएको सञ्चारमाध्यमहरूले दिएका छन् ।

भारत प्रशासित काश्मिरको बरमुल्लाह जिल्लामा सो घटना भएको हो । ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा लगेर गाडिएको प्रहरीले बताएको छ ।

उनी बेपत्ता भएको १२ दिनपछि ती बालिकाका पिताले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले खोज्ने क्रममा मङ्गलबार उनको शव भेटेको थियो ।

त्यस हत्यामा ती बालिकाकी सौतेली आमाको पनि हात रहेको आशङ्का प्रहरीले गरेको छ । बालिकासँग उनकी सौतेली आमा सधैँ रिसाउने गरेकाले यस घटनामा उनको पनि हात रहेको अनुमान प्रहरीले गरेको छ ।

गएको अगष्ट २४ मा ती सौतेली आमाले आफ्नै १४ वर्षीय छोरा र उनका १४ र १९ वर्षका साथीलाई ल्याएर ती बालिकालाई बलात्कार गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ ।

ती बालिका गएको २४ अगष्टदेखि हराएको सूचना आएपछि उनलाई उनकै आमाले जङ्गलतर्फ लगेको देखेको गाउँलेले बताएका थिए ।

छत्तीस वर्षीय तिनै सौतेनी आमाले नै बञ्चरोले टाउकोमा हानेर ती बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ ।

यस हत्यामा अर्काे एकजना २८ वर्षीय स्थानीयको पनि हात रहेको अनुमान गरिएको छ । उसलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

ती महिलाको छोरासहितका तीन जना बालकले भने बलात्कार र हत्यामा आफूहरूको हात रहेको स्वीकार गरेका छन् । प्रहरी अनुसन्धानका क्रममा उनीहरूले स्वीकार गरेको प्रहरी प्रतिवेदनमा जनाइएको छ ।

भारतमा पछिल्लो समयमा यस्त बलात्कारका घटनाका विरुद्धमा कडा कारवाहीको कानूनी व्यवस्था गरिएको भए पनि घटनामा कमी भने आएको छैन ।

वि.सं.२०७५ भदौ २१ बिहीवार १०:११ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...