back
CTIZAN AD

निर्मलापछि कञ्चनपुरमा आठ बलात्कारका घटना

वि.सं.२०७५ असोज १ सोमवार

660 

shares

rape case in nepal१ असोज, काठमाडौं । कञ्चनपुरमा दुई महिनाको अवधिमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । गत २६ असारमा घरबाट किताब किन्न हिँडेकी १७ बर्षीया कविता विष्टको बलात्कारपछि हत्या भयो । कृष्णपुर नगरपालिका ८ शान्तिपुरकी कविताको बलात्कारपछि हत्याराले प्रमाण नष्ट गर्न लालझडी जंगलमा शब गाड्यो । भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको बलात्कारपछिको हत्या झनै रहस्यमय बन्दै गएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरको तथ्यांक अनुसार १ साउनमा पुर्नवास नगरपालिकाकी ३९ वर्षीया महिलालाई भैसी चराउन गएका बेला ३० वर्षीय नरेश रानाले बलात्कार गरे । महिला कराएपछि स्थानीयले देखेर रानालाई पक्राउ गरेका थिए ।
४ साउनामा ९ वर्षीैया बालिका बलात्कृत भइन् । पुर्नवास नगरपालिका ३ का २१ वर्षीय सलिम अन्सारीले घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेका थिए ।
१० साउनामा शुक्लाफाँटा नगरपालिका ८ नौखुरीकी २० वर्षीया युवतीलाई ३२ वर्षीया बिन्तीराम चौधरीले बलात्कार गरेका थिए ।
१६ साउनमा पुर्नवास नगरपालिका २ की १६ वर्षिया बालिका २६ वर्षीय विकास बुढाद्धारा बलात्कृत भइन् ।
१९ साउनमा भिमदत्त नगरपालिका १० जिमुवाकी ५ वर्षीया बालिकालाई ४० वर्षीय लक्ष्मण कार्कीले बलात्कारको प्रयास गरे ।
२६ साउनमा देवकोट नगरपालिका ७ का पाँचवर्षीय बालक किरण धामीमाथि ६६ वर्षीय धामीले यौन दूराचार गरे ।
१७ भदौमा बेलडाँडी गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भयो । बलात्कारको आरोपमा जनक खड्का र भानु विष्ट पक्राउ परेका छन् ।
२७ भदौमा महाकाली नगरपालिकाकी १० वर्षीया बालिका बलात्कृत भइन् । साथीको घरबाट फर्कने क्रममा बीच बाटोमा ४० पर्षीय आइते सुनारले खोलामा लगेर बलात्कार गरे ।

वि.सं.२०७५ असोज १ सोमवार ०८:३० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...