back
CTIZAN AD

सरकारको नियतमाथि मोर्चाले गर्यो शंका, मोर्चाले माग्यो सरकारको धारणा

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1K 

shares

३ कात्तिक, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा माग गरेको छ ।

तीन बुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताप्रति ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले अहिलेसम्म सरकारमा सामेल प्रमुख दलद्वारा कुनै औपचारिक निर्णय नहुनुले सरकारको नियतमाथि नै शङ्का उत्पन्न भएको जनाएको छ ।

तमलोपाको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद एवम् जिल्ला अध्यक्षको संयुक्त बैठकले सरकारले अविलम्ब मोर्चासमक्ष आफ्नो धारणा स्पष्ट गरी संविधान संशोधनको प्रक्रिया प्रारम्भ गर्न जोडदार माग गरेको हो ।

बैठकको निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै तमलोपाले प्रस्तावित सङ्घीय प्रदेश संरचनामा प्रस्तावित स्थानीय तहको मधेसमा न्यून सङ्ख्या एवम् प्रकृति पनि विगतको विभेदकारी मानसिकता र नीतिको निरन्तरता हो भन्दै यस्तो निर्णय आफूलाई कदापि मान्य नहुने जनाएको छ ।

बैठकले पार्टीको वर्तमान स्थितिबारे अवगत गराउन र नयाँ ऊर्जाका साथ सम्पूर्ण स्थितिको सामना गर्न गाउँगाउँमा व्यापक सदस्यता वितरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले सत्तारुढ दलले विभिन्न बहानामा संविधान संशोधनको विषय अलमल्याउँदै गएकाले संविधान संशोधन नभएसम्म आफ्ना विरोधका कार्यक्रम जारी रहने बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष ठाकुरले सद्भावना पार्टीसँगको एकताबारे कुराकानी चलिरहे पनि कुनै निर्णय नभएको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार १३:५० मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...