Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

सरकारको नियतमाथि मोर्चाले गर्यो शंका, मोर्चाले माग्यो सरकारको धारणा



३ कात्तिक, काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा माग गरेको छ ।

तीन बुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताप्रति ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले अहिलेसम्म सरकारमा सामेल प्रमुख दलद्वारा कुनै औपचारिक निर्णय नहुनुले सरकारको नियतमाथि नै शङ्का उत्पन्न भएको जनाएको छ ।

तमलोपाको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद एवम् जिल्ला अध्यक्षको संयुक्त बैठकले सरकारले अविलम्ब मोर्चासमक्ष आफ्नो धारणा स्पष्ट गरी संविधान संशोधनको प्रक्रिया प्रारम्भ गर्न जोडदार माग गरेको हो ।

बैठकको निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै तमलोपाले प्रस्तावित सङ्घीय प्रदेश संरचनामा प्रस्तावित स्थानीय तहको मधेसमा न्यून सङ्ख्या एवम् प्रकृति पनि विगतको विभेदकारी मानसिकता र नीतिको निरन्तरता हो भन्दै यस्तो निर्णय आफूलाई कदापि मान्य नहुने जनाएको छ ।

बैठकले पार्टीको वर्तमान स्थितिबारे अवगत गराउन र नयाँ ऊर्जाका साथ सम्पूर्ण स्थितिको सामना गर्न गाउँगाउँमा व्यापक सदस्यता वितरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले सत्तारुढ दलले विभिन्न बहानामा संविधान संशोधनको विषय अलमल्याउँदै गएकाले संविधान संशोधन नभएसम्म आफ्ना विरोधका कार्यक्रम जारी रहने बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष ठाकुरले सद्भावना पार्टीसँगको एकताबारे कुराकानी चलिरहे पनि कुनै निर्णय नभएको जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।