back
CTIZAN AD

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

वि.सं.२०७५ असोज ३ बुधवार

633 

shares

३ असोज, काबुल (रासस /सिन्हवा) । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय ९आइओएम० ले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानबाट सरकारी कागजबिनाका नौसय ६९ जना अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । यो सङ्ख्या गत हप्ताको तुलनामा बृद्धि भएको आइओएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो साता पनि कागजात नभएका ८९५ जना शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका थिए ।

यस्तै, गत साता १५ हजार ६६४ जना अफगान शरणार्थी इरानबाट फर्किएको आइओएमले जानकारी दिएको छ । गत हप्ता इरानबाट फर्किएका अफगान शरणार्थीको तुलनामा हालको यो सङ्ख्या १० प्रतिशतले बृद्धि भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

चरम हिंसात्मक द्वन्द्वका कारण अस्तव्यस्त रहेको अफगानिस्तानमा पाकिस्तान र इरानबाट गत जनवरी १ देखि हालसम्म ५ लाख ६१ हजार अफगान शरणार्थी घर फर्किएका छन् ।

वि.सं.२०७५ असोज ३ बुधवार २०:५१ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...