back

राष्ट्रियतामा आँच पुग्ने प्रस्ताव एमालेलाई मान्य नहुने

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

657 

shares
IME Limited
NTC AD

४ कात्तिक, काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनतामा आँच पुग्ने कुनै पनि संविधान संशोधनसम्बन्धी प्रस्ताव मान्य नहुने निष्कर्ष निकालेको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुलुकको आवश्यकता र औचित्यबिना संविधान संशोधन गर्न नहुने निष्कर्ष निकालेको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

एमालेले आफू नेतृत्वको सरकारका पालामा मुलुक र जनताका पक्षमा भएका काम, सामाजिक कल्याणकारी बजेट र नीति तथा कार्यक्रमका बारेमा तिहारपछि देशव्यापी जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारतको गोवामा आयोजित बिम्स्टेक सम्मेलनमा सहभागिता, संसद्लाई बुधबार गर्नुभएको सम्बोधनका सम्बन्धमा समेत छलफल भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको सभापतित्वमा भएको बैठकले संवैधानिक निकायलगायत सबैले कानुनी मर्यादामा रहनुपर्ने निष्कर्षसमेत निकालेको उपाध्यक्ष रावलले बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:१३ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...