back
CTIZAN AD

भारत चाहान्छ निजगढमा विमानस्थल नबनोस्, के हुन त कारण ?

वि.सं.२०७५ असोज ७ आइतवार

708 

shares

‘कहिपर नजर कहिपर निसाना’ भारतीय गजलकार मजुरुह सुल्तान पुरीको यो लोकप्रिय गजल बेला–बेलामा राजनीति र विकासमा पनि प्रयोग हुन्छ । पछिल्लो पटक नेपाली राजनीतिमा उक्त गजललाई निजगढ विमानस्थलको बहसको उपमाको रुपमा समेत प्रयोग भइरहेको छ ।

विं.स २०४८ सालपछि काठमाडौंलाई तराईसँग जोड्न विभिन्न विषयमा बहस भइरहेका छन् । यिनै बहसको पछिल्लो कडि निजगढ र यस आसपासमा ‘हवाइ सहर’ बनाउने उद्धेश्य सहित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको बहस भइरहेको छ ।

विमानस्थल निर्माणको पछिल्लो बहस आर्थिक वर्ष ०७१÷७२ मा तत्कालिन सरकारले ५० करोड रुपिया बजेट छुट्याएसँगै यतातर्फ अग्रसर भएको हो । पछिल्लो सरकारले २ नम्बर प्रदेशको केन्द्रमै उक्त विमानस्थल बनाउने तयारी गरेसँगै यो बहस विविध कोणबाट चर्किदै आएको छ ।

पछिल्लो बहस वातावरण र पर्यावरण सँग जोडेर गर्न थालिएको छ । उक्त विमानस्थल निर्माण गर्दा काटिने २५ लाख भन्दा बढी रुखहरुको विषयले सदन र विषयगत ज्ञाताहरुको मगज खाइरहेको छ । तर, देखिने गरी पर्यावरणको विषय उठाइए पनि यसको अन्तर्य अर्कै रहेको देख्न भने अलि शक्तिसाली शुक्ष्मदर्शक यन्त्र नै प्रयोग गर्नुपर्ने देखिन्छ ।

बहसमा निजगढ
०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको सरकारले काठमाडौं–हेटौडा सुरुङ मार्गको ‘कन्सेप्ट’ ल्याएको थियो । काठमाडौंको थानकोट हुँदै मकवानपुरको चित्लाङ्गबाट हेटौडा सम्मको ६० किमि लामो उक्त सुरुङ मार्गको लागि लाग्ने लागत ६० अर्बको अनुमान गरिएको थियो ।

०५६ मा आइपुग्दा उक्त सुरुङ्ग मार्गको बदला काठमाडौंलाई तराइसँ जोड्ने बैकल्पिक बाटोको ‘कन्सेप्ट’ मा बहस गरियो । तत्कालिन भौतिक योजना तथा निर्माण सचिव दिनेशचन्द्र देवकोटाले बागमती नदिको किनारै किनार ‘बागमती करिडोर’ माथि बहस चलाएका थिए । ०५८ सम्म आइपुग्दा उक्त करिडोर ‘फास्ट ट्रयाक’ को रुपमा विकसित भएको पाइन्छ । अहिले उक्त करिडोर नेपाली सेनाले निर्माण गरिरहेको छ ।

०७१ पछि भने विरगन्ज–निजगढलाई काठमाडौंसँग मात्रै होइन, पूरै विश्वसँग जोड्ने अभियान सुरु भयो । यसैको कडि हो बर्तमान सरकारले निजगढमा विमानस्थल निर्माणको परियोजना अगाडि बढाउनु । एलएमडब्लु नामक कोरियन कम्पनीले विस्तृत परियोजना अध्ययन गरेको उक्त विमानस्थलको लागत ७ खर्ब लाग्ने छ । कम्पनीका अनुसार बार्षिक १५ मिलियन यात्रुले विमानस्थल प्रयोग गर्ने छन् । र ठूला जेट विमानले उक्त विमानस्थलबाट उड्ने र अवतरण गर्नेछन् ।

तराइको समृद्धिको आधार
यदि साच्चै निजगढ विमानस्थल बन्यो भने तराइले आर्थिक समृद्धि प्राप्त गर्ने कुरामा विमति नै छैन् । काठमाडौंको विकल्पको रुपमा विरगन्ज लगायतका सहरहरु धेरैका छनौटका सहर बन्नेछन् र अहिलेको २ नम्बर प्रदेशको भाग्यको ढोका उक्त विमानस्थलले खोल्ने पक्का छ । जसरी वातावरणमा आउने ह्रासको भुक्तभोगी उक्त प्रदेश हुनेछ । त्यसरी नै त्यसैबाट प्राप्त लाभको मुख्य अंसियार पनि सिंगो २ नम्बर प्रदेश र हाम्रो तराई हुनेछ ।

कहिपर निसाना कहि पर नजर
काठमाडौंको एकमात्र अन्तराष्ट्रिय विमानस्थल अहिले साघुरो बन्दै गएको छ । यसैको विकल्पका रुपमा पोखरा, भैरहवा, र निजगढमा अन्तराष्ट्रिय स्तरका विमानस्थल बनाउने लक्ष्य नेपाल सरकारको रहेको छ । भैरहवामा क्षेत्रियस्तरको विमानस्थल निर्माणको काम अन्तिमतिर पुगिसकेको छ । पोखरा र निजगढ अहिले बहस हुँदै निर्माणतर्फ अग्रसर छन् ।

बर्तमान सरकार यी दुवै विमानस्थल निर्माणको लागि दत्त चित्त भएर लागेको देखिन्छ ।
तर समस्या राष्ट्रिय विकासमा हुने अन्तराष्ट्रिय हस्तक्षेप रहेको छ । पछिल्लोपटक निजगढ विमानस्थलका बारेमा देखाइएको वातावरणीय बहस यसैको एक कडि मान्न सकिन्छ ।

विकास गर्दा वातावरणमा कुनै न कुनै किसीमको क्षति हुनुलाई सर्वस्वीकार्य मानिन्छ । यसकारण वातावरणीय क्षतिभन्दा पनि विकासबाट प्राप्त हुने लाभ बढी हुनुपर्छ भन्ने मान्यता रहेको छ ।

यसका बाबजुद निजगढमा बन्ने दोश्रो अन्तराष्ट्रिय विमानस्थलमा नजर र निसाना फरक किसीमले साँधिएको पाइन्छ । यस परियोजनामा प्रत्यक्ष रुपमा भारतीय संस्थापकको महत्वपूर्ण चासो रहेको छ । पछिल्ला बहसहरुमा देखाउनका लागि वातावरण र पर्यावरणको विषय उठाइए पनि यसको अन्तर्य दक्षिणी छिमेकीको उक्त विमानस्थल निर्माण हुन नदिने रणनीतिले काम गरिरहेको भन्दा फरक पर्दैन् ।

किन चाहान्न भारत निजगढमा विमानस्थल
नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल बन्ने पक्का गरिएको निजगढ भारतीय सीमासँग अत्यन्तै नजिक छ । निजगढको १ सय ५१ किलोमिटर (हवाई दुरी) टाढा भारतको गोरखपुर पर्दछ ।
गोरखपुर भारतको अत्यन्तै सामरिक महत्वको शहर हो । उक्त सहरमा चीन र पाकिस्तानसँग सिधै भीड्न तम्तयारी हालतमा भारतीय वायु सेनालाई राखिएको छ । त्यहाँको ‘एयर बेस अखडा’ भारतीय वायु सेनाको सर्वाधिक महत्वपूर्ण अखडा हो ।

उक्त अखडामा रहेको भारतीय वायुसेना आधा घण्टाभित्र देशका जुनसुकै ठाउँमा पुग्ने गरी तयारी हालतमा राखिएको छ । विशेष गरी अरुणाञ्चल, पुर्वोतर भारत र जम्मु कश्मिरलाई लक्षित गरी गोरखपुरमा ‘एयर बेस क्याम्प’ राखिएको छ । यसको लक्ष्य प्रतिआतंकवाद, चिनिया र पाकसेनासँग युद्ध लड्नु नै हो ।

यहि महत्वपूर्ण सैन्य क्याम्पको एकदम नजिक निजगढमा मात्रै होइन, सिंगो तराईमा भारत अन्तराष्ट्रियस्तरको विमानस्थल नेपालले नबनाओस् भन्ने चाहान्छ ।

यसकारण भारतले रचेको बहाना भित्रकै एकपाटोको रुपमा वातावरणीय प्रभावलाई देखाएर यो परियोजना असफल बनाउने खेल सुरु भएको छ भन्दा फरक पर्दैन् । विज्ञहरु त भारतले निजगढमा विमानस्थल बन्नै नदिने र भैरहवाको अन्तराष्ट्रिय विमानस्थल चल्नै नदिने रणनीतिमा रहेको बताइन्छ ।
तराइमा अन्तराष्ट्रिय विमानस्थल बन्दा त्यहाँ ‘हवाई ट्राफिक’ अत्यन्त बढी हुने भारतको बुझाई छ । नेपालका हवाइ जहाजले सिर्जना गर्ने हवाई ट्राफिकले भारतीय वायु सेनाको आक्रामक परियोजनामा असर पर्ने देखिन्छ ।

सेना होल्डमा बस्न नसक्ने र प्रतिआतंकवाद र सीमा सुरक्षामा समस्या पर्ने भारतीय बुझाइलाई भिन्न क्लेवर दिएर पछिल्लो विवाद आएको बुझ्न सकिन्छ । यसैले देशमा हुन लागिरहेको बृहद विकासमा हामीेले आन्तरिक कुरा नबुझि विरोधको रटान लगाइरहँदा अप्रत्यक्ष रुपमा छिमेकिको योजनालाई नै फाइदा पुग्ने त होइन, यसमा सबै नेपाली सचेत बन्न जरुरी छ ।

वि.सं.२०७५ असोज ७ आइतवार १६:३२ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...