back

विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन

वि.सं.२०७५ असोज १५ सोमवार

318 

shares
GLOBAL IME AD
NTC AD

१५ असोज, महेन्द्रनगर धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गर्दै अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीसहितको विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन दिएको हो । मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भई अञ्चल अस्पताल प्रदेश सरकार मातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको बताए ।

उनले विकास समितिमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अब प्रदेश सरकारको रहेको उल्लेख गरे । मुख्यमन्त्री राउतले अस्पताललाई प्रदेशको केन्द्रीय अस्पताल मात्र नभइ शिक्षण अस्पतालकै रुपमा विकास गर्ने प्रदेश सरकार लागिपरेको छ भने । निरीक्षण टोलीमा सामाजिक मन्त्री नवलकिशोर साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित मुख्य सचिव हरिप्रसाद फुँयालसहितको सहभागिता थियो ।

वि.सं.२०७५ असोज १५ सोमवार १५:०५ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...