back
CTIZAN AD

विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन

वि.सं.२०७५ असोज १५ सोमवार

636 

shares

१५ असोज, महेन्द्रनगर धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गर्दै अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीसहितको विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन दिएको हो । मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भई अञ्चल अस्पताल प्रदेश सरकार मातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको बताए ।

उनले विकास समितिमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अब प्रदेश सरकारको रहेको उल्लेख गरे । मुख्यमन्त्री राउतले अस्पताललाई प्रदेशको केन्द्रीय अस्पताल मात्र नभइ शिक्षण अस्पतालकै रुपमा विकास गर्ने प्रदेश सरकार लागिपरेको छ भने । निरीक्षण टोलीमा सामाजिक मन्त्री नवलकिशोर साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित मुख्य सचिव हरिप्रसाद फुँयालसहितको सहभागिता थियो ।

वि.सं.२०७५ असोज १५ सोमवार १५:०५ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...