back
CTIZAN AD

नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण

वि.सं.२०७५ असोज १५ सोमवार

546 

shares

१५ असोज, नेपालगञ्ज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ ।

नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन । रोजगारीका लागि धेरै अस्पताल र स्वास्थ्य संस्था चहार्नुपर्ने अवस्था धेरै नर्स पढेकाको अनुभव बन्न पुगेको छ । ‘नर्सिङ अध्ययन पूरा गरेको एकवर्ष पूरा भए पनि अध्ययन अनुसारको रोजगार पाउन सकेको छैन,” नेपालगञ्ज– १५ का सुष्मा थापा बताउछिन ।

अहिले नयाँ प्रविधिसहितका थुप्रै नर्सिङ कलेज नेपालगञ्जमा खुलेका छन । तथ्याङ्कअनुसार नेपालगञ्जमा सात नर्सिङ कलेज सञ्चालनमा छन । सामान्यतया प्रत्येक वर्ष एउटा कलेजबाट ४० जनाभन्दा बढी नर्सको कोटा हुन्छ । “नेपाली समाजमा पहिला नर्सलाई हेपाहा दृष्टिकोणले हेरिन्थ्यो, अहिले त्यसो छैन,” नेपाल नर्सिङ सङ्घ, बाँकेका अध्यक्ष लक्ष्मी केसी भन्छन । यो पेशालाई अहिले निकै सम्मानपूर्वक हेर्ने गरिएको छ । “नर्सिङ विषय अब युवतीको प्राथमिकतामा पर्ने गरेको छ,” केसीले भने ।

नर्सिङ विषय अधिकांश युवतीको प्राथमिकतामा परेको छ । नर्सिङ पढेर समाज सेवा गर्ने चाहना छ,” विद्यार्थी सृष्टि शाहले भने । नेपालगञ्जका सात कलेजबाट वार्षिक करीब २५० नर्स उत्पादन हुन्छन । उनीहरुको मुख्य चुनौती रोजगार हो । नेपालमा मात्र होइन विदेशमा समेत नर्सिङको माग अत्याधिक छ । “विदेशको मोहका कारण यो विषयप्रति युवतीको चाहना बढेको हो,” अध्यक्ष केसीले भने ।

नर्सिङ अध्ययनमा प्रयोगात्मक अभ्यास धेरै हुन्छ । “दक्ष नर्स बन्न अस्पतालमा प्रयोगात्मक कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । नेपालगञ्जमा अस्पतालको सङ्ख्या कम भएकोले चुनौती छ,” नेपालगञ्ज नर्सिङ क्याम्पसका प्रमुख कल्पना पौड्यालले भने । नर्सप्रतिको सामाजिक दृष्टिकोण फेरिएको मात्रै होइन अहिले त समाजले सम्मानजनक व्यवहार पनि गर्न थालेकाले पनि यो पेशाप्रति युवतीको मोह बढेको उनको भनाइ छ ।

वि.सं.२०७५ असोज १५ सोमवार १५:१२ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...