back
CTIZAN AD

कास्की समाज स्पेनको साढे २ महिने प्रशिक्षण तालिम सम्पन्न

वि.सं.२०७५ असोज १६ मंगलवार

696 

shares

बार्सिलोना । कास्की समाज स्पेनले सवारी चालकको सैद्वान्तिक परीक्षाका लागि साढे दुई महिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।
गत जुलाई १८ तारिख देखि सुरु भएको कक्षा संचालन अक्टोबर १ तारिख एक कार्यक्रमकाबीच सोमबार सम्पन्न गरिएको हो ।

गैरआबासीय नेपाली संघ युरोप क्षेत्रीय उपसंयोजक एकराज गिरीले बार्सिलोनामा आयोजना गरिएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै समाजले गरेको काम प्रंशसनीय रहेको बताए ।
प्रमुख अतिथिको रुपमा बोल्दै गिरीले भने ‘सैद्वान्तिक परीक्षाका लागि गरिएको तयारी यहाँका नेपालीहरुका लागि अत्यन्त महत्वपूर्ण र उपयोगी रहेको छ । यस्ता काम जुनसुकै संस्थाले जतिपटक आयोजना गरेपनि धेरै नेपालीहरुको लागि उपयोगी हुनेछ । यसको निरन्तरताको लागि समाजलाई शुभकामना दिन चाहान्छु ।’

कार्यक्रममा बिशेष अतिथिको रुपमा आईसीसी सदस्य मुक्त बहादुर गुरुङले सम्बोधन गर्दै सहभागीहरुलाई शुभकामना ब्यक्त गरे । उनले तयारी कक्षा सक्ने बित्तिकै परिक्षामा सहभागी बन्न सुझाव ब्यक्त गरेका थिए ।


१३ जना सहभागीहरु रहेको उक्त तालिमलाई रुद्र जिरेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागीहरुले नेपाली समुदायमा ब्यबसायिक ढंगबाट सवारी चालक तयारीका लागि इन्स्टिटूट भएका खण्डमा फाईदा हुने बताउँदै यसको पहलका लागि अनुरोध समेत गरे।

समाजका अध्यक्ष केदारनाथ ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तालिम संयोजक तथा समाजका महासचिव गोबिन्दराज तिमिल्सिनाले गरेका थिए ।

वि.सं.२०७५ असोज १६ मंगलवार १८:५१ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...