
काठमाडौं । सर्जक तथा गायक बल बहादुर गुरुङको मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक भएको छ ।
गुरुङ संस्कती जर्गेना गर्न पछिल्लो समय निकै सालैजो गीतहरु बजारमा आएका छन् । सोही क्रममा गायक बल बहादुर गुरुङले मौलिक सालैजो गीत ‘हिमाली पाखा’ सार्वजनिक गरेका हुन् ।
गायक बल बहादुरले सालैजो गीत ‘हिमाली पाखा’ मात्रै होईन निकै नै सालैजो गीतहरु बजारमा ल्याईसकेका छन् ।
पछिल्लो समय सार्वजनिक ‘हिमाली पाखा’ सालैजो गीतमा गायक बल बहादुरको साथमा गायिका निता गुरुङले स्वर दिएकी छन् । जसलाई प्रसाद सप्तरी मगरले शब्द लेखेका हुन् भने लय पनि उनले नै भरेका हुन् ।
‘हिमाली पाखा’ सालैजो गीतमा डोलराज बारघरे मगरले संगीत संयोजन गरेका छन् । गीतको निकैन राम्रो म्युजिक भिडियो पनि निर्माण भएको छ । जसलाई निर्देशक मनाङ गुरुङले निर्देशन गरेका छन् । गीतमा मोडल याम गुरुङ, खेम गुरुङ, एलिना गुरुङ र रेनु पुनको शसक्त अभिनय तथा नृत्य रहेको छ ।
गीतको छायांकन भने करन चैसिरले गरेका हुन् । त्यस्तै गीतको म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।गीतलाई गायक बल बहादुर गुरुङको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=BGTP_2C9Fb4
वि.सं.२०७५ असोज १८ बिहीवार १०:०४ मा प्रकाशित