back
CTIZAN AD

दुई अमेरिकी र एक बेलायतीलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार

वि.सं.२०७५ असोज १८ बिहीवार

669 

shares

१८ असोज, स्टकहोम । सन २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिनेभएको छ ।

विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक छन ।

‘द रोयल स्वीडिस एकेडेमी अफ साइन्सले बुधबार ती तीन व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी दिएको छ ।

सो पुरस्कार प्राप्त गर्नेमा अमेरिकी वैज्ञानिक फ्रान्सिस अर्नोल्ड र जर्ज स्मिथ छन । त्यसैगरी बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टर रहेको छ ।

जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उनीहरूलाई यो पुरस्कार दिइने भएको हो । उनीहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाएको थियो ।

यस विधिबाट उत्पादित एन्टिबडी सन २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो । बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुने गरेको छ ।

पुरस्कार पाउनेमध्ये अर्नोलडले ९० लाख स्वीडिश क्रोनर अर्थात झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिको आधा भाग पाउने छ भने स्मिथ र विन्टरले बाँकी रकमको आधा आधा पाउने छ ।

यसअघि गत सोमवार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो भने पर्सि शुक्रबार शान्तितर्फ र आगामी सोमबार अर्थशास्त्र तर्फका विजेताको नाम घोषणा गरिनेछ ।

यस वर्ष साहित्य विधाको नोबल पुरस्कार विजेताको नाम भने घोषणा नगरिने भएको छ । त्यो पुरस्कार अर्को वर्ष सन २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गर्ने निर्णय भइसकेको छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार १३:०८ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...