back
CTIZAN AD

अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाको अधिवेशन हुँदै

वि.सं.२०७५ असोज १८ बिहीवार

570 

shares

१८ असोज । दोलखापुर्व प्रवासी र प्रवासी दोलखालीहरुको छाता संगठन अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाको महाधिवेशन आगामी कार्तिक १० गते दोलखाको चरिकोटमा सम्पन्न हुने भएको छ ।

माननीय श्रम मन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा यहि कार्तिक १० चरिकोटमा सम्पन्न हुन गइरहेको उक्त महाधिवेशनमा स्थानीय तथा प्रदेश एवम केन्द्रिय स्तरका जनप्रतिनिधि र हरेक क्षेत्रमा ख्याति कमाएका सामाजिक व्यक्तित्वहरुको उपस्थित रहने समाजका महासचिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

 

के हो अन्तर्राष्ट्रिय समन्वय समाज दोलखा ?
बैदेशिक रोजगारीको सिलसिलामा सँसारभरि छरिएर रहेको दोलखा जिल्लाबासीहरु सामाजिक सञ्जाल मार्फत जोडिएको पवित्र सम्बन्धलाई सस्ँथागत स्वरुप दिने सोच र अठोटका साथ सँगठित हुँदै प्रवासमा रहेका दोलखालीहरु एक हुनुपर्छ, बैदेशिक भूमिमा रहँदाको बखत एक अर्का बिच आइपर्ने आपत बिपत र सबैखाले अफ्ठ्यारो परिस्थितिमा मिलेर हातेमालो मानविय सहयोगको निमित्त सहकार्यमा एकसाथ जुट्ने लक्ष्य उदेश्यले बिभिन्न देशमा स्थापित भइसकेको समाज तथा स्थापना हुन बाँकि देशहरुबाट पनि सम्पर्कमा भएका सकारात्मक सोच र पवित्र सेवा भावना भएका ब्यक्तिहरुको प्रतिनिधित्व हुने गरि प्रतिनिधि छनोट गरी गत ७–९ सेप्टेम्बर २०१७ मा बसेको अनलाइन प्रतिनिधि भेलाले अन्र्तराष्ट्रिय रुपमा समन्वय र सँयोजनकारी भूमिका निर्वाह गर्ने सिँगो जिल्लबासी आसा, भरोसा र विश्वासलाई समेट्ने साझा तथा छाता सँस्थाको आवश्यक महसुस गर्दै अन्र्तराष्ट्रिय समन्वय समाज दोलखाको स्थापना भएको हो ।

तर्सथ यस सँस्थाले लिएको लक्ष्य र उद्देश्य कार्ययोजना कार्यान्वयनको दिशामा अगाडि बढ्न अब साझा तथा छाता सँसथाको मूल्य , मान्यता र अवधारणालाइ सँस्थागत गर्न गराउन र कानुनी हैसियत प्रदान गर्न गत २३ फेबु्रवरि २०१७ मा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम मुनाफा वितरण नगर्ने शर्तको सामाजिक सँस्थाको रुपमा दर्ता भएको छ । र समाज कल्याण परिषद्मा पनि समाज कल्याण एैन २०४९ को दफा १३ बमोजिम गत २२ जुन २०१७ मा बिधिबत रुपमा आबद्ध भएको छ । साथै विश्वको बिभिन्न भुगोलमा छरिएर रहेको प्रवासीहरुको सामाजिक सेवाको पवित्र भावनाले स्थापित सबै सँस्थाहरुबाट उपलब्ध प्रतिनिधिहरुको अमूल्य त्याग र योगदानको कारण सम्पूर्ण दोलखालीहरुको भावना र विश्वासको प्रतिबिम्बित गर्ने दरिलो खम्बा स्थापित हुन सफल भएको र अब सँस्थालाई शसक्त ढङ्गले अगाडी बढाउन सिङ्गो जिल्लाको प्रतिनिधिमूलक सँस्थाको रुपमा सगौरव खडा गरी हामीले तयार गरेको मूलनारा “स्वदेशमै रोजगार स्वदेशी सान , समृद्ध दोलखा हाम्रो अभियान ” को सपनालाई साकार पार्न सबै प्रवासमा रहेका जिल्लाबासीहरुलाई आपसी सद्भाव र सहिष्णुता पूर्ण हिसाबले अभियानमा जुट्ने अभियान चलाएको छ।

वि.सं.२०७५ असोज १८ बिहीवार १३:२९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...