back
CTIZAN AD

सहरमा मात्रै होइन, गाउँमा पनि बढे सुनको जलपका गहना लगाउनेहरु

वि.सं.२०७५ असोज १९ शुक्रवार

621 

shares

 

१९ असोज, दाङ । चाडपर्र्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ ।

सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न सक्दैनन् । जलप लगाएका गहनाको मूल्य पनि कम हुने र सुरक्षाका दृष्टिकोणले समेत सहज हुने गरेकाले यस्ता गहनाको बिक्रीमा वृद्धि भएको तुलसीपुर बजारमा व्यापार गदै आएका व्यवसायीहरु बताउँछन् ।

उनीहरुका अनुसार तीज, दशैँ, तिहारजस्ता चाडपर्वमा जलप लगाएका गहनाको बिक्री बढेको छ । धेरै रकम खर्चेर किनेको गहनाको चोरी हुने डर हुन्छ तर यस्ताखाले गहना किन्दा सस्तो पर्ने, हराए, चोरी भए पनि पीर नहुने हुँदा आफू यस्ताखाले गहन किन्न आएको बताउछन्, तुलसीपुर उपमहानगरपालिका–१४ की अञ्जु धिताल ।

उनले भने, “सस्तो मूल्यमा आफूलाई जुन प्रकारको गहना लगाउने रहर छ त्यो पनि पाइने हँुदा खुशी लागेको छ ।” यतिबेला तुलसीपुर घोराही, लमही, भालुवाङलगायतका बजार क्षेत्रका गहना पसलमा उहाँ मात्र होइन उनीसँगै सो गाउँका थुपै्र महिला सुनको जलप लगाएका गहना किन्दै गरेको देख्न सकिन्छ । सोही ठाउँकी शान्ता चौधरीले भनिन्, “सुनको मूल्य हालेर आफूजस्ता गरीब वर्गले कसरी गहना लगाउन सकिन्छ र ! जलप मात्र लगाएका गहना सस्तोमा पाइने हुँदा किन्न आएकी हुँ । यसले आफ्नो रहरसमेत पूरा गरिदिएको छ ।”

 

वि.सं.२०७५ असोज १९ शुक्रवार १६:११ मा प्रकाशित

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...