back
CTIZAN AD

नेपाल–चीन मेला शुरु, के छन् त मेलाका बिशेषता ?

वि.सं.२०७५ असोज १९ शुक्रवार

615 

shares

१९ असोज, ललितपुर । पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले बताए । उनले भने, “यस्ता कार्यक्रमको आयोजनाले नेपाली र चिनियाँ जनताका बीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’

पाँच दिनसम्म चल्ने मेलामा १०० कक्ष रहेका छन् । मेलामा नेपालमा उत्पादित सामग्रीको प्रदर्शनीसँगै दुई देशको सङ्गीत, व्यावसायिक ज्ञान र सीपको आदानप्रदान हुने आयोजकले जनाएको छ । मेलामा नेपालको लाखे नाच र चर्या नृत्य देखाइने छ । कक्षमा मनोरञ्जन, खेलकूद सामग्री, डिजिटल उपकरण, स्टेशनरी रहेको छ । नेपालमा उत्पादित हस्तकला, धातुकला, प्रस्तरकलालगायत विभिन्न घरायसी सामग्रीको कक्ष रहने अध्यक्ष जोशीले बताए ।

उनले भने, “लुभुको कपडा उद्योगबाट उत्पादित ढाका र सुतीबाट बनाइएको आकर्षक पहिरन ‘फेसन सो’ मार्फत देखाइनेछ ।’ चिनियाँ कला र संस्कृति झल्कने ६० वटा चिनियाँ कक्षसमेत रहेका छन् ।

नेपाल–चीन सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली प्वोले नेपालले मेलाबाट पर्यटन, कृषि, ऊर्जा, उद्योग र पूर्वाधार विकासमा लाभ लिनसक्ने बताए । मेलाको आयोजनाले दुई देशका जनताले लाभ लिन सक्ने समाजका महासचिव सुरेशमान महर्जनले बताए । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले स्थानीय तहले मेलालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

वि.सं.२०७५ असोज १९ शुक्रवार १६:५३ मा प्रकाशित

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...