back

नेपाल–चीन मेला शुरु, के छन् त मेलाका बिशेषता ?

वि.सं.२०७५ असोज १९ शुक्रवार

309 

shares
GLOBAL IME AD
NTC AD

१९ असोज, ललितपुर । पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले बताए । उनले भने, “यस्ता कार्यक्रमको आयोजनाले नेपाली र चिनियाँ जनताका बीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’

पाँच दिनसम्म चल्ने मेलामा १०० कक्ष रहेका छन् । मेलामा नेपालमा उत्पादित सामग्रीको प्रदर्शनीसँगै दुई देशको सङ्गीत, व्यावसायिक ज्ञान र सीपको आदानप्रदान हुने आयोजकले जनाएको छ । मेलामा नेपालको लाखे नाच र चर्या नृत्य देखाइने छ । कक्षमा मनोरञ्जन, खेलकूद सामग्री, डिजिटल उपकरण, स्टेशनरी रहेको छ । नेपालमा उत्पादित हस्तकला, धातुकला, प्रस्तरकलालगायत विभिन्न घरायसी सामग्रीको कक्ष रहने अध्यक्ष जोशीले बताए ।

उनले भने, “लुभुको कपडा उद्योगबाट उत्पादित ढाका र सुतीबाट बनाइएको आकर्षक पहिरन ‘फेसन सो’ मार्फत देखाइनेछ ।’ चिनियाँ कला र संस्कृति झल्कने ६० वटा चिनियाँ कक्षसमेत रहेका छन् ।

नेपाल–चीन सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली प्वोले नेपालले मेलाबाट पर्यटन, कृषि, ऊर्जा, उद्योग र पूर्वाधार विकासमा लाभ लिनसक्ने बताए । मेलाको आयोजनाले दुई देशका जनताले लाभ लिन सक्ने समाजका महासचिव सुरेशमान महर्जनले बताए । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले स्थानीय तहले मेलालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

वि.सं.२०७५ असोज १९ शुक्रवार १६:५३ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...