back
CTIZAN AD

म्यानमारमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

990 

shares

myanmar५ कात्तिक, याङ्गुन । गत शनिबार मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको यहाँको सञ्चारमाध्ययमले बिहीबार जनाएका छन् ।

अझै दर्जनाँै मानिस बेपत्ता भएको हुनसक्ने आशङ्कामा उद्धार कार्यलाई जारी राखिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

सो डुङ्गामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेको बताइएको छ । शनिबार बिहानै भएको यस दुर्घटनाबाट १५९ व्यक्तिलाई भने उद्धार गरिएको छ । म्यानमारको मोनिवा सहरबाट ७२ किलोमिटर उत्तरमा पर्ने जलक्षेत्रमा सो दुर्घटना भएको र ज्यान गुमाउने ५५ जनामध्ये अधिकांश अर्थात् ४३ जना महिला रहेको स्थानीय प्रशासनले जनाएको छ ।

डुङ्गामा २४० देखि २५० जनासम्म सवार रहेको अनुमान गरिएको छ । सो डुङ्गामा विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी, करिब ३० जना शिक्षक केही चिकित्सक र अन्य व्यक्ति रहेका थिए ।

सो दुर्घटनाबाट बाँच्न सफल भएकी छोरा र श्रीमान्लाई गुमाएकी प्रत्यक्षदर्शी एक शिक्षिकाले डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखेकोले डुङ्गा डुबेको दाबी गरिन् ।

म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुनुले बारम्बार दुर्घटनाका कारण बन्ने गरेका छन् । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:५५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...