Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

म्यानमारमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो



myanmar५ कात्तिक, याङ्गुन । गत शनिबार मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको यहाँको सञ्चारमाध्ययमले बिहीबार जनाएका छन् ।

अझै दर्जनाँै मानिस बेपत्ता भएको हुनसक्ने आशङ्कामा उद्धार कार्यलाई जारी राखिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

सो डुङ्गामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेको बताइएको छ । शनिबार बिहानै भएको यस दुर्घटनाबाट १५९ व्यक्तिलाई भने उद्धार गरिएको छ । म्यानमारको मोनिवा सहरबाट ७२ किलोमिटर उत्तरमा पर्ने जलक्षेत्रमा सो दुर्घटना भएको र ज्यान गुमाउने ५५ जनामध्ये अधिकांश अर्थात् ४३ जना महिला रहेको स्थानीय प्रशासनले जनाएको छ ।

डुङ्गामा २४० देखि २५० जनासम्म सवार रहेको अनुमान गरिएको छ । सो डुङ्गामा विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी, करिब ३० जना शिक्षक केही चिकित्सक र अन्य व्यक्ति रहेका थिए ।

सो दुर्घटनाबाट बाँच्न सफल भएकी छोरा र श्रीमान्लाई गुमाएकी प्रत्यक्षदर्शी एक शिक्षिकाले डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखेकोले डुङ्गा डुबेको दाबी गरिन् ।

म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुनुले बारम्बार दुर्घटनाका कारण बन्ने गरेका छन् । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ