back
CTIZAN AD

सयौँ सिरियाली शरणार्थी लेबनानबाट स्वदेश फिर्ता

वि.सं.२०७५ असोज ३० मंगलवार

597 

shares

बेरुत ।  लेबनानमा रहेका सयौँ सिरियाली शरणार्थीहरू सोमबार स्वदेश फर्किएका छन् ।

सिरियाको त्रिपोली र नाबातैलगायतका विभिन्न ठाउँका गरी झण्डै ८३५ जना सिरियाली शरणार्थी स्वदेश फर्किएका हुन् ।

लेबनान रेडक्रसको समन्वयमा उनीहरूलाई १५ वटा बसमा आफ्नो देश फर्काइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“आफ्नै ठाउँमा फर्किन पाएकोमा हामी धेरै खुशी छौँ, यहाँको सुरक्षा अवस्थामा सुधार आएकोमा पनि हामी विषेश हर्षित छौँ,” स्वदेश फर्केका एक जना सिरियाली शरणार्थी हसन अल खबितले सिन्ह्वासँग भने ।

स्वदेश फर्किएका शरणार्थीहरू मिलेर पुनः निर्माण तथा पुनः व्यवस्थापनका कामहरू गर्ने तयारी उनीहरूले गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको शरणार्थी सम्वन्धी उच्च आयुक्तको कार्यालयले सिरियाका झण्डै दश लाख शरणार्थी लेबनानमा रहेको जनाएको छ । झण्डै दश लाख दर्तामा देखिएपनि दर्ता नभएको समेत गरेर झण्डै १५ लाख सिरियाली शरणार्थी लेबनानमा रहेको आयुक्तको कार्यालयको भनाई छ ।

वि.सं.२०७५ असोज ३० मंगलवार १२:३१ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...