back
CTIZAN AD

नीलो आँसु

वि.सं.२०७५ असोज ३१ बुधवार

762 

shares

पहिले–पहिले बुबा
बिहानै काममा जानुहुन्थ्यो
र,
कमाएर ल्याउनुहुन्थ्यो बेलुकाको छाक

पहिलो प्रहरमै उठेर
खेतमा हलो जोत्न जानुहन्थ्यो
कोदाली ल्याउनुहुन्थ्यो
र,
जोहो गर्नुहुन्थ्यो
बिहानको गास

कहिलेकाहीँ
भोकभोकै निदाउनु परेको रात
हतास नभई आमाले
सुनाउनुहुन्थ्यो सुरिलो स्वरमा
भोक हराउने कथाहरु
निद्रा जगाउने लोरीहरु
अहँ ! थाहै हुन्नथ्यो भोक पीडा
आफ्नै भाग काटेर
आफ्नो थाल रित्याएर
बुबाआमा
हाम्रो पेट भरिरहनुहुन्थ्यो हरदम

दुःख थियो
तर, पीडाको आभासम्म थिएन
अभाव थियो
तर भोकको गुञ्जाइससम्म थिएन
सानो पराले झुपडीमा
समसाँझै निदाउँथ्यौं
चिन्तारहित
टुकीको मधुरो प्रकाशमा
हाम्रो खुसीसँगै
उहाँहरुको मुहारमा देखिन्थ्यो
शन्तोषको छाया
दुःखको अथाह वेदनामा पनि
कहिल्यै बग्दैनथ्यो
उहाँहरुको आँखामा आँसु
अहिले अभावले बसाईँ सरेको छ
र,
राजधानीमा बुबाआमाको नाममा
एउटा महल ठडिएको छ हाम्रो

मात्र एउटै छ अभाव
आमा नितान्त एक्लो बाँच्नुभएको छ
स्मृतिमा मात्र हुनुभएको छ बुबा
एयरकण्डिसन जडित कोठामा
सपनाजस्तो म्याट्रेसमा
आमाको आँखाबाट
हराएको छ निद्रा
सट्टामा देखिन्छ निरन्तर बगेको
नीलो हिमनदी

सोच्छु–
दुःखमा भन्दा
सुखमा ज्यादा बग्दोरहेछ
आँसु ।

कवि कृसु क्षेत्रीको यस कविता ‘चौध वर्षपछि’ कविता सङ्ग्रहबाट लिइएको ।

वि.सं.२०७५ असोज ३१ बुधवार १०:१४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...