back
CTIZAN AD

आपसि सहयोग आदन प्रदानलाई थप सुदृढ पार्दै रुस र चिन

वि.सं.२०७५ कात्तिक ३ शनिवार

693 

shares
फाइल  फोटो

२ कात्तिक,सोची । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएकाछन ।

रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरुको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेकाहुन ।

रुस र चीनबीचको साझा चासोका साथै क्षेत्रीय विकास र विश्व शान्तिका लागि रुसले चीनसँग थप समझ्दारीका साथ अघि बढ्न चाहेको उहाँले बताएकाहुन।

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरो सदस्य याङ जेइचीसँग हिजो रुसमा भएको भेटवार्तापछि उनलेले यस्तो धारणा राखेको समाचारमा जनाइएको छ ।

रुस र चीनबीचका सबै साझा सहमति र समझ्दारीहरुको कार्यान्वयन भइरहेको बताउँदै उनले भने हामी चीनसँग सबै तह र क्षेत्रमा नजिकको सम्वाद चाहन्छौँ र यस मार्फत थप समझ्दारीहरु विकसित हुदै जाउन भन्ने चाहन्छौँ ।

त्यस अवसरमा राष्ट्रपति पुटिनले गत सेप्टेम्बर महिनामा रुसको भ्लादिभोस्तोकमा सम्पन्न इस्टर्न इकोनोमिक फोरममा सहभागी भएकोमा चिनियाँ राष्ट्रपति सि चिनफिङप्रति धन्यवाद पनि ज्ञापन गरेकाछन ।
त्यस फोरममा दुवै देशका राष्ट्रपतिले आफ्नो द्धिपक्षीय हित, चीन र रुसबीचको साझा चासोका साथै आपसी समझ्दारी र क्षेत्रीय शान्ति र समृद्धिका क्षेत्रमा पनि महत्वपूर्ण कुराकानी गरेको याङले बताए ।

त्यस फोरममा सहभागिताका क्रममा उनीहरुबीचको भेटका क्रममा दुई देशको आपसी विषयका साथै दुई देशले संयुक्त रुपमा गर्ने भनिएका उर्जा, कृषि, विज्ञान तथा प्रविधिजस्ता साझा आयोजनाको सशक्त कार्यान्वयनका बारेमा पनि कुराकानी भएको याङले जानकारी दिए ।

साथै त्यस अवसरमा आगामी वर्ष मनाउन लागिएको चीन रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको कार्यक्रमलाई थप भव्य बनाउन उच्चस्तरीय कार्यक्रमहरुको आयोजना गरिने विषयमा पनि कुराकानी गरेको जानकारी दिए ।

वि.सं.२०७५ कात्तिक ३ शनिवार १४:४४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...