back
CTIZAN AD

मल अभाव भएपछि किसान समस्यामा

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

561 

shares

९ कात्तिक, इलाम । हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् ।

मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ । ग्रामीण भेगमा मल बिक्री गर्दै आएका विभिन्न सहकारी संस्थाले डिएपी मलको माग गर्दै आएको कृषि सामग्री संस्थान कार्यालयका प्रमुख गोमा राईले बताइन् । “तिहारपछि मात्रै डिएपी मल उपलब्ध गराउन सक्छाँै,” उनले भनिन् ।

संस्थानले जिल्लाका ४३ सहकारी संस्थामार्फत मल बिक्री गर्दै आएको छ । एक पटकमा एउटा सहकारीलाई युरिया, डिएपी र पोटास एक÷एक बोरा उपलब्ध गराउँदै आएको छ । जिल्लामा युरिया प्रतिबोरा रु एक हजार १४, डिएपी रु दुई हजार ३६४ र पोटास रु एक हजार ६६४ मा डिपोबाट बिक्री गरिँदै आएको छ । युरिया ७५ मेट्रिक टन तथा पोटास दुई मेट्रिक टन मौज्दात रहेको संस्थानका कार्यालय प्रमुख राईले बताइन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १५:०५ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...