back

भारतीय अधिकारीद्वारा बत्तिस लाख डेबिट कार्ड ‘ह्याक’ भएको जानकारी

वि.सं.२०७३ कात्तिक ६ शनिवार

609 

shares
IME Limited
NTC AD

६ कात्तिक, नयाँ दिल्ली (भारत) । भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरूलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरूले आग्रह गरेका छन् ।

बैंक अधिकारीले हजारौँ कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौँ अन्य कार्डलाई ह्याक भएको आशङ्कामा ब्लक गरिदिएको बताइएको छ ।

एटीएम नेटवर्कमा भाइरसको प्रभावका कारण समस्या आएको अधिकारीले बताएका छन् ।

यसैबीच भारतीय अर्थमन्त्री अरुण जेटलीले डेबिट कार्डमा कसरी यस्तो समस्या आयो भन्ने विषयमा छानबिन सुरु गरिएको बताउनुभएको छ ।

भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनसीपीआई)ले ग्राहकबाट कार्डमा समस्या आएको बताएपछि बैंकबाट गरिने खुद्रा भुक्तानी प्रणालीलाई नियन्त्रण गरेको छ ।

संस्थाका अनुसार ग्राहकले आफ्ना कार्डलाई चीन र अमेरिकामा अवैध रूपमा प्रयोग गरेको गुनासो ल्याएपछि एनसीपीआईले सम्पूर्ण बैंकलाई उक्त सूचना प्रवाह गरेको छ ।

एनसीपीआईका व्यवस्थापन निर्देशक तथा कार्यकारी प्रमुख अभयप्रसाद होटाले शुक्रबार ग्राहकलाई बैंकका अधिकारीले आवश्यक पूर्वसावधानी अपनाई सकेको जानकारी दिँदै समस्याको छिट्टै समाधान हुनेमा विश्वस्त तुल्याउनुभएको छ ।

भारतको सबैभन्दा ठूलो वित्तीय संस्था स्टेट बैंक अफ इन्डियाले भने देशभरबाट वितरण भएका करिब दुई करोड कार्डमध्ये छ लाख २० हजार कार्ड असुरक्षित भएको हुनसक्ने बताएको छ ।

भारतका अर्थ मामिला सचिव शक्तिकान्त दासले कसरी डेबिट कार्ड असुरक्षित बन्न पुगेको भन्ने विषयमा छानबिन सुरु गरिसकिएको बताउनुभयो । एपी

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०२:५१ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...