Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

काश्मिर बस दुर्घटनामा बाइसको मृत्यु



६ कात्तिक, काश्मिर (भारत) । भारत प्रशासित काश्मिरको रियासी जिल्लामा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बिहीबार साँझ भएको उक्त सडक दुर्घटनामा १५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीररूपमा घाइते भएका सात जना अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृत एएएसपी ताहिर सज्जाद भट्टले बताउनुभयो ।

बसले क्षमताभन्दा बढी यात्रुलिएर गुडिकाले दुर्घटना भएको बताइएको छ । बसमा टिकट लिएका ६२ जना यात्रु सवार थिए ।

घटनामा गम्भीर घाइते भएका यात्रुलाई एक हेलिकोप्टरमार्फत सरकारी मेडिकल कलेज, जीएमसीमा पठाइएको पनि भट्टले बताउनुभयो । पीटीआई


-->

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा