back
CTIZAN AD

भारतको मध्यप्रदेशमा ३१ जनामा जिका भाइरस

वि.सं.२०७५ कात्तिक २५ आइतवार

642 

shares

२५ कात्तिक, नयाँदिल्ली । सिन्ह्वा भारतको मध्यप्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ ।

पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टी गर्न भने अस्वीकार गरिरहेका छन् ।

प्रदेशको लोकप्रिय पत्रिका “द हिताभाडा”ले रोग नियन्त्रण विभागका निर्देशक डा. हिमांशु जैस्वारलाई उद्धृत गर्दै जिका भाइरसको आशंका गरिएका २०० जनाको रगतको नमुना सङ्कलन गरिएको समाचार लेखेको छ ।

सङ्कलन गरिएका नमुना भोपालस्थित एम्स अस्पतालको प्रयोगशालामा पठाइएको उनले जानकारी दिनुभएको समाचारमा उल्लेख छ ।

एम्सको प्रयोगशालाले परीक्षण गरिएकामध्ये ३१ जनामा जिका भाइरस देखिएको जनाएको छ । जिका भाइरस देखिएकामध्ये सात जना प्रदेश राजधानी भोपालका, १२ जना सेहोर र १२ जना भिडिसाका रहेका छन् ।

निर्देशक जैस्वारका अनुसार स्वास्थ्य विभागले ती नमुनाहरु थप परीक्षण र थप पुष्टीका लागि नेसनल इन्स्टीच्युट अफ भाइरोलोजी पुणेमा पठाएको छ ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार १७:१६ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...