back
CTIZAN AD

आदिबासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा  बाबु राजा लामा

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

564 

shares

१२ नोभेम्बर, बेल्जियम  ।  नेपाल  आदिबासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा  बाबु राजा लामा तामांग चक्रीय प्रणाली अन्तरगत  निर्बाचित भएका छन् । हिजो महासंघका केन्द्रीय अध्यक्ष जगत बहादुर बरामको बिशेष उपस्थितिमा  लुभेन बेल्जियममा सम्पन  दोश्रो अधिबेशनबाट उनी निर्बिरोध चयन भएका हुन् । प्रमुख अतिथी  बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत लोक बहादुर थापा रहेका सो अधिवेशनबाट

बरिष्ठ उपाध्यक्षमा  मुना राई,उपाध्यक्षमा  यमुना रोका  मगर, होम बहादुर गुरुङ, डिल्ली सुब्बा र  सुर्य नारायण श्रेष्ठ चयन भएका छन् भने महासचिबमा  नन्द राज घले, सचिबमा, कान्छा शेर्पा  रहेका छन् । केही सचिब र  कोषाध्यक्ष भने पछी चयन गर्ने पनि अधिबेशनले  निर्णय गरेको छ ।

त्यसैगरी महासंघमा आबद्ध मातृसंस्थाहरुबाट पदेन सदस्यहरू आंग दोर्जी सोनाम शेर्पा, भिम जोशी, सोमनाथ थारु थनेत, लोक राना मगर, राम लामा तामांग, बिमल सुब्बा, जिबन  तमु, बिष्णुतारा  शेरचन रहेका छन ।  साथै अन्य सदस्यहरूमा  दिलु पुन, मिङ्ग्मा लामा शेर्पा, राजु थापा मगर, निमा रुम्बा तामाङ्ग, इन्दिरा चाम्लिङ्ग, चित्र जंग गुरुङ, रामशरण महतो, इन्द्र प्रसाद लिम्बु (कविन्द्र) र  प्रेमा शेर्पा (मनु) रहेका छन् ।

उद्घाटन सत्र निबर्तमान अध्यक्ष  पेम्बा गेल्बु शेर्पाको अध्यक्षतामा भएको सो अधिबेशेनमा  उपस्थित सबैलाई दुर्गा गुरुङले स्वागत गरेकी थिईन् ।

उद्घाटन सत्रलाई  गैरआबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सचिब जानकी गुरुङ ,एनआरएनए बेल्जियम बरिष्ठ उपाध्यक्ष  गोबिन्द अधिकारी, नेपाली कांग्रेस युरोपका महामन्त्री गंगाधर गौतम, शेर्पा किदुक यूरोपका अध्यक्ष फुला शेर्पा, बोधराज पौडेल, जित लामा, नेत्र मगर, सिता सापकोटा, सुबाश गुरुङ्ग, दिपेन्द्र केसी लगायतले समेत अधिबेशन सफलताको  लागि मन्तब्य   दिएका थिए ।

वि.सं.२०७५ कात्तिक २७ मंगलवार १८:०६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...