back
CTIZAN AD

खाशोज्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविनका लागि राष्ट्रसंघको आग्रह

वि.सं.२०७५ पुस २ सोमवार

612 

shares

२ पुस, दोहा, कतार ।  संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गरेका छन् ।

टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गीको आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै गत अक्टोबर २ मा हत्या भएको थियो ।

दोहामा आयोजित एक पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भने, “पत्रकार खशोग्जीको हत्याबारे विश्वसनीय अनुसन्धान गरी दोषीलाई सजाय दिनु नितान्त आवश्यक कुरा हो ।” गुटेर्रेसले सञ्चारमाध्यममा आएका रिपोर्टबाहेक आफुलाई घटनाबारे थप सूचना नरहेको बताए ।

साउदी अरबका राजकूमार मोहम्मद विन सलमानका कट्टर आलोचकसमेत रहेका वासिङ्टन पोष्टका लागि काम गर्दै आएका पत्रकार खशोज्जीको हत्यामा सम्लग्न आरोपित व्यक्तिहरूलाई टर्कीलाई सुपुर्दगी गर्न गरिएको टर्कीको आग्रहलाई साउदी अरबले अस्वीकार गर्दै आएको छ ।

हत्याबारे वास्तविकता बाहिर ल्याउँदा कसैले घुडा टेकेको नबुझिने उक्त अवसरमा टर्कीका विदेशमन्त्रीले शनिबार बताए । कतार भ्रमणमा रहेका विदेशमन्त्री मेभलुट कोभुसोग्लुले भने, “हामीले साउदीतर्फबाट घटनाबारे कुनै नयाँ सूचना पाएका छैनौँ ।”

“टर्कीले यस घटनामा हार खाने छैन अन्तिमसम्म कानूनी लडाई जारी राख्ने छ ।”

टर्कीका अनुसार उसले खशोज्जीको हत्या प्रकरणमा अनुसन्धान गर्न १५–सदस्यीय साउदी टोली इस्तानबुल गएको थियो । अनुसन्धानका लागि भनेर रियादले विभिन्न २१ जनालाई हिरासतमा लिएको छ ।

घटनाबारे चासो राख्ने राजनीतिक विश्लेषकहरूले घटनामा साउदी अरबका शक्तिशाली राजकुमार मोहम्मद विन सलमानको अप्रत्यक्ष सम्लग्नता रहेको जनाएका छन् भने साउदी अरबले यसको खण्डन गर्दै आएको छ ।

शनिबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डाेगानले इस्तानबुलमा आयोजित एक सम्मेलनमा भने, “घटनास्थलमा रेकर्ड भएको आवाज सुन्दा पत्रकार खशोज्जीको हत्यामा साउदी राजकुमारका निकटस्थहरूको सक्रिय भूमिका रहेको प्रष्ट हुन्छ ।”
यसअघि अमेरिकाले पनि यस हत्याकाण्डमा साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउद मुख्य जिम्मेबार रहेको बताएको थियो ।

वि.सं.२०७५ पुस २ सोमवार ०९:४९ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...