back

सार्वजनिक यातायातमा लुटपाट गर्ने ७ पक्राउ

वि.सं.२०७५ पुस २ सोमवार

411 

shares
IME Limited
NTC AD

 

२ पुस, काठमाडौँ ।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ ।

वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदाललाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विगत पाँच महीनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिए । “विगत लामो समयदेखि सार्वजनिक यातायातमा पाकेटमारी हुने गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका हौँ”, उनले भने ।

प्रहरीले पक्राउ गरेका सात जनासँग रु ७० हजार ५०० नेपाली र भारु रु पाँच हजार ५००, विभिन्न देशका नोट ३० थान, विभिन्न कम्पनीका मोबाइल सात थान र गाँजा २०० ग्राम बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

 

वि.सं.२०७५ पुस २ सोमवार १२:४२ मा प्रकाशित

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

काठमाडौं । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय...

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक...