back
CTIZAN AD

विषाक्त रक्सीले लियो तीनको ज्यान

वि.सं.२०७५ पुस २ सोमवार

663 

shares

२ पुस, रुकुम (पश्चिम) । रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“मृतकले ओरेञ्ज नाम लेखिएको बजारमा पाइने रक्सी खाएर सुतेको पाइयो”, उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भने “उक्त रक्सीकै कारण उनीहरुको मृत्यु भएको हुनसक्छ, यसबारेमा थप जानकारी भने शव परीक्षण पछि आउने छ ।”

मुसिकोट नगरपालिका–१२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएका उनीहरु सोही ठाउँमै रक्सी सेवन गरी बेलुका सकुशल सुतेकामा बिहान मृत अवस्थामा फेला परेका थिए । उनीहरुसँगै सुतेका अन्य दुईजना भने सकुशल छन् । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक खड्कासहित जिल्ला अस्पतालका चिकित्सककोे टोली घटनास्थल पुगेको थियोे ।

वि.सं.२०७५ पुस २ सोमवार १२:५७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...