back
CTIZAN AD

मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

वि.सं.२०७५ पुस २ सोमवार

651 

shares

२ पुस, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ थिमि र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको आज प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गरेका छन् ।

मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा उहाँले भक्तपुरमा एकैसाथ एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भइरहेको बताए ।

भक्तपुरको जनताले अबको चार वर्षमा चौतर्फी विकास देख्ने बताउँदै उनले विकासको विरोध गर्ने आफैँ सकिँदै जाने टिप्पणी गरे । भक्तपुरको विकास अब कुनै हालतमा नरोकिने भन्दै विकासमा आएका समस्यालाई समाधान गर्दै लैजाने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिका–४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, कार्यक्रममा सभापति एवं सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापालगायतले तीन तहको सरकारले विकासका लागि बजेट विनियोजन गरेकाले विकास तीव्रगतिमा अगाडि बढेको बताए । आगामी असोजसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ डिभिजन सडक कार्यालय भक्तपुरको रु छ करोड १० लाखको लागतमा निर्माण शुरु भएको हो ।

पुलको निरीक्षण

जनप्रतिनिधिले आज मध्यपुरथिमि नगरपालिकाको–४ र सूर्यविनायक नगरपालिकाका–३ बालकोट नयाँबस्ती जोड्न हनुमन्ते खोला निर्माण भइरहेको पुलको अनुगमन एवं अवलोकन गरेका छजन् । प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, एमाले अध्यक्ष वचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायण भट्टलगायतले पुलको अवलोकन गरेका हुन् ।

डोलिडारको रु दुई करोड एक लाखको लागतमा निर्माण भइरहेको पुलको आज ढलान कार्य भइरहेको र ढलानको मजबुद, निर्माण कार्यको अवस्था लगायतका बारेमा उहाँले चासो व्यक्त गरेका थिए ।

वि.सं.२०७५ पुस २ सोमवार १३:०० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...