back
CTIZAN AD

श्रीलङ्कामा नेपाललाई कास्य

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

987 

shares

९ कात्तिक, काठमाडौँ । दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप–२०१६ मा नेपाली पौडी टोलीले १८ वर्षमाथिको रिलेमा कास्य पदक जितेको छ ।

श्रीलङ्कामा सोमबार सम्पन्न पुरुष १०० मिटर गुणा ४ फ्रि–स्टायल रिलेमा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र शुभम श्रेष्ठको टोलीले ४ मिनेट १०.०३ सेकेन्ड समयका साथ कास्य पदक प्राप्त गर्न सफल भएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो ।

त्यस्तै शुभम श्रेष्ठले सोही प्रतियोगिताको २०० मिटर ब्रेस्ट स्ट्रोकमा दुई मिनेट ४२.६२ सेकेन्ड समयका साथ राष्ट्रिय कीर्तिमान समेत कायम गरेका छन् । यसअघि यो विधामा शिरीष गुरुङका नाममा दुई मिनेट ४२.७२ सेकेन्डको कीर्तिमान थियो ।

दिवान्स र शेशुका स्पोर्टस् आइकन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा रेक्स फेसन होमद्वारा आयोजित स्पोर्टर्स आइकन नेपाल–२०१६ को उपाधि पुरुषमा किक बक्सिङका दिवान्स श्रेष्ठ र महिलामा कराँतेकी शेशुका राईले जितेका छन् ।

पुरुषमा किक बक्सिङका सञ्जीत तामाङ दोस्रो तथा किक बक्सिङका कमलराज सुनुवार तेस्रो भए । त्यस्तै महिलमा कराँतेकी डायना ओझा दोस्रो तथा कराँतेकी प्रशंसा पुन तेस्रो भए । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले ट्रफी, पदक र प्रमाणपत्रसहित क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार हात पारे ।

बक्सिङका किरण गहतराज उत्कृष्ट स्वीमर, किक बक्सिङका ओजेश प्रधान मिस्टर ह्यान्डसम, तेक्वान्दोका निरकमल ठकुरी बेस्ट पफमेन्स, क्रिकेटका रोहित शर्मा मिस्टर क्याटवाक, शारीरिक सुगठनका सन्तोष गोले मिस्टर पन्चुयालिटी तथा तेक्वान्दोका विपेश थापा मिस्टर स्मार्ट घोषित भए ।

ब्याडमिन्टनकी रेस्मा गाम्बन्जार मिस ब्युटिफुल, करातेकी सरिता श्रेष्ठ मिस चार्मिङ तथा फुटबलकी करुणा श्रेष्ठ मिस बेस्ट स्माइलमा उत्कृष्ट ठहरिए । पहिलो चरणमा ६४ जना सहभागी थिए । त्यसैमध्येबाट २४ जना दोस्रो चरणलाई छनोट भएका थिए । अन्तिममा १५ जनाबीच ‘ग्रान्ड फिनाले’ भएको थियो ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गर्नुभयो । स्पोर्टस् आइकन कार्यक्रम विश्वमै पहिलो पटक भएको रेक्स फेसन होमले जनाएको छ ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:५३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...