back
CTIZAN AD

इराक कारबाहीपछि फर्किने जिहादी समूहसँग सतर्क रहनुपर्ने: अलान्द

वि.सं.२०७३ कात्तिक १० बुधवार

951 

shares

१०  कात्तिक,पेरिस (फ्रान्स) । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले मङ्गलबार अमेरिकी रक्षामन्त्री एस्टन कार्टरसँगको भेटमा इराकको मोसुल सहर आक्रमणपछि यहाँबाट पलायन हुने जिहादी लडाकूसँग सावधानी रहन अमेरिकी नेतृत्वको इराकी सैन्य गठबन्धनलाई आग्रह गर्नुभएको छ ।

पेरिसमा भएको अलान्द, फ्रान्सका रक्षामन्त्री, अमेरिकी रक्षामन्त्री कार्टरलगायतका विभिन्न १२ मुलुकका रक्षामन्त्रीले सहभागिता जनाएको एक बैठकमा फ्रान्सका राष्ट्रपति अलान्दले भन्नुभयो, मोसुल सहरमा आईएस जिहादी समूहविरुद्ध गर्ने कारबाही नै सम्पूर्ण कुरा नभएको तर यसपछि उक्त सहरको व्यवस्थापन, यहाँबाट पलायन हुने लडाकूबाट अन्य क्षेत्रमा आउनसक्ने चुनौतीलगायतका विषयमा समेत तयारी गर्न गठबन्धनलाई आग्रह गर्नुभयो ।

मोसुलको राजनीतिक भविष्यका लागि सम्पूर्ण आदिवासी तथा धार्मिक समुदायलाई आग्रह गर्दै इस्लामिक सुन्नी समुदायको बाहुल्यता रहेको मोसुलको उज्जवल राजनीतिक भविष्यका लागि मिलेर काम गर्न समेत सल्लाह दिनुभयोे ।

उहाँले सुरक्षा कारबाहीका बेला आईएस बिद्रोहीले आफ्नो सुरक्षाका लागि सामान्य नागरिकलाई मानव ढाल बनाउन सक्ने तथा यहाँबाट विस्थापित अन्तर्राष्ट्रिय आईएस लडाकू फिर्ता हुने क्रममा बीचमा घटाउनसक्ने घटनाबारे पनि गठबन्धन सावधान रहनुपर्ने उहाँको भनाई थियो ।

मोसुलमा आश्रयस्थल बनाइ बसेका करिब पाँच हजार लडाकूमध्ये ४०० जति फ्रान्सेली जिहादी लडाकू रहेको फ्रान्सको अनुमान छ । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक १० बुधवार ०२:४१ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...