Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

इराक कारबाहीपछि फर्किने जिहादी समूहसँग सतर्क रहनुपर्ने: अलान्द



१०  कात्तिक,पेरिस (फ्रान्स) । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले मङ्गलबार अमेरिकी रक्षामन्त्री एस्टन कार्टरसँगको भेटमा इराकको मोसुल सहर आक्रमणपछि यहाँबाट पलायन हुने जिहादी लडाकूसँग सावधानी रहन अमेरिकी नेतृत्वको इराकी सैन्य गठबन्धनलाई आग्रह गर्नुभएको छ ।

पेरिसमा भएको अलान्द, फ्रान्सका रक्षामन्त्री, अमेरिकी रक्षामन्त्री कार्टरलगायतका विभिन्न १२ मुलुकका रक्षामन्त्रीले सहभागिता जनाएको एक बैठकमा फ्रान्सका राष्ट्रपति अलान्दले भन्नुभयो, मोसुल सहरमा आईएस जिहादी समूहविरुद्ध गर्ने कारबाही नै सम्पूर्ण कुरा नभएको तर यसपछि उक्त सहरको व्यवस्थापन, यहाँबाट पलायन हुने लडाकूबाट अन्य क्षेत्रमा आउनसक्ने चुनौतीलगायतका विषयमा समेत तयारी गर्न गठबन्धनलाई आग्रह गर्नुभयो ।

मोसुलको राजनीतिक भविष्यका लागि सम्पूर्ण आदिवासी तथा धार्मिक समुदायलाई आग्रह गर्दै इस्लामिक सुन्नी समुदायको बाहुल्यता रहेको मोसुलको उज्जवल राजनीतिक भविष्यका लागि मिलेर काम गर्न समेत सल्लाह दिनुभयोे ।

उहाँले सुरक्षा कारबाहीका बेला आईएस बिद्रोहीले आफ्नो सुरक्षाका लागि सामान्य नागरिकलाई मानव ढाल बनाउन सक्ने तथा यहाँबाट विस्थापित अन्तर्राष्ट्रिय आईएस लडाकू फिर्ता हुने क्रममा बीचमा घटाउनसक्ने घटनाबारे पनि गठबन्धन सावधान रहनुपर्ने उहाँको भनाई थियो ।

मोसुलमा आश्रयस्थल बनाइ बसेका करिब पाँच हजार लडाकूमध्ये ४०० जति फ्रान्सेली जिहादी लडाकू रहेको फ्रान्सको अनुमान छ । रासस÷एएफपी


-->

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा