back
CTIZAN AD

चितवन समाज युएईद्धारा मिर्गौला रोगले पीडित सुमनलाई आर्थिक सहयोग

वि.सं.२०७५ पुस २९ आइतवार

747 

shares

दुवै मिर्गौला खराब भएका चितवनका सुमन परियारको उपचारका लागि चितवन समाज युएईले आर्थिक सहयोग गरेको छ ।

रत्ननगर २ टाँडीका परियारलाई युएईमा कार्यरत चितवनेहरुको साझा संस्था चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिले ७० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो ।

टाँडीमा आयोजित कार्यक्रममा समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले सुमनकी आमा चम्फालाई उक्त रकमको चेक हस्तान्तरण गरेका गिए ।

समन्वय समितिका बरिष्ठ उपाध्यक्ष बुद्धिराज अर्याल,उपाध्यक्ष कविता ढकाल,कोषाध्यक्ष सीता ढकाल,चितवन समाज युएईका संरक्षक निमकान्त पाण्डे, सल्लाहकार प्रविण विक,रामु पौडेल,आजीवन सदस्य तथा लोक गायक नेत्रजी पन्त,समन्वय समितिका गल्फ संयोजक श्याम पोखरेल लगायतको रकम हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो ।
युएईमा आर्थिक संकलनको लागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएई तथा ताप्लेजुङ समाज सेवा युएईले पनि सहयोग गरेको थियो ।


समन्वय समितिले प्रवासमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकमबाट विभिन्न सामाजिक क्षेत्रका सहयोग गर्दै आएको बताएको छ ।

चितवन समाज युएइका सल्लहाकार प्रविण बिकले स्वागत मन्तब्य राखेका थिए ।
यही पुस ५ गते मात्र नेपाल आएका सुमनको भक्तपुर मावन अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । सुमनको मृर्गौला प्रत्यारोपण गर्ने परिवारले बताएको छ । सुमनको उपचारको लागि देश विदेशबाट आर्थिक संकलन जारी रहेको छ । ।

वि.सं.२०७५ पुस २९ आइतवार ०९:५८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...