Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

चितवन समाज युएईद्धारा मिर्गौला रोगले पीडित सुमनलाई आर्थिक सहयोग



दुवै मिर्गौला खराब भएका चितवनका सुमन परियारको उपचारका लागि चितवन समाज युएईले आर्थिक सहयोग गरेको छ ।

रत्ननगर २ टाँडीका परियारलाई युएईमा कार्यरत चितवनेहरुको साझा संस्था चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिले ७० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो ।

टाँडीमा आयोजित कार्यक्रममा समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले सुमनकी आमा चम्फालाई उक्त रकमको चेक हस्तान्तरण गरेका गिए ।

समन्वय समितिका बरिष्ठ उपाध्यक्ष बुद्धिराज अर्याल,उपाध्यक्ष कविता ढकाल,कोषाध्यक्ष सीता ढकाल,चितवन समाज युएईका संरक्षक निमकान्त पाण्डे, सल्लाहकार प्रविण विक,रामु पौडेल,आजीवन सदस्य तथा लोक गायक नेत्रजी पन्त,समन्वय समितिका गल्फ संयोजक श्याम पोखरेल लगायतको रकम हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो ।
युएईमा आर्थिक संकलनको लागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएई तथा ताप्लेजुङ समाज सेवा युएईले पनि सहयोग गरेको थियो ।


समन्वय समितिले प्रवासमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकमबाट विभिन्न सामाजिक क्षेत्रका सहयोग गर्दै आएको बताएको छ ।

चितवन समाज युएइका सल्लहाकार प्रविण बिकले स्वागत मन्तब्य राखेका थिए ।
यही पुस ५ गते मात्र नेपाल आएका सुमनको भक्तपुर मावन अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । सुमनको मृर्गौला प्रत्यारोपण गर्ने परिवारले बताएको छ । सुमनको उपचारको लागि देश विदेशबाट आर्थिक संकलन जारी रहेको छ । ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा