back

हुवावेद्वारा पोल्याण्डमा पक्राउ परेका चिनियाँ कर्मचारीलाई वर्खास्त

वि.सं.२०७५ पुस २९ आइतवार

369 

shares
GLOBAL IME AD
NTC AD

२९ पुस, बेइजिङ, चीन ।  चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको चीनको राज्य सञ्चालित पत्रिकाले शनिबार जनाएको छ ।

बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको चिनियाँ ग्लोबल टाइम्स पत्रिकाले कम्पनीलाई उद्धृत गरी जानकारी गराएको छ ।

चिनियाँ व्यवसायीलाई पोल्याण्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको बताइएको थियो । पोल्याण्डको स्थानीय सञ्चारमाध्यमले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी, हुवावेका पोल्याण्ड लागि पक्राउ गरेको जानकारी दिएको थियो ।

“व्यवसायीको पक्राउ परेको समाचार प्रकाशित भएसँगै यसबारे चीनले उच्च चासो देखाएको छ,” चिनियाँ विदेश मन्त्रालयले फ्रान्सको राज्य सञ्चालित समाचार समिति (एएफपी) लाई फ्याक्समार्फत उपलब्ध गराइएको विज्ञप्तिमा जनाएको छ ।

उहाँले भन्नुभयो, “हामी चाहन्छौँ, सम्बन्धित मुलुकहरूले नै सम्बन्धित मुद्दालाई निष्पक्ष र अन्तर्राष्ट्रिय कानूनअनुसार चलाओस् र सम्वद्ध व्यक्तिको वैधानिक अधिकार र हितलाई सुरक्षित गर्न इमान्दार प्रयास होस् ।”

हुवावेले एक संक्षिप्त विज्ञप्ति जारी गरी कम्पनी ‘पछिल्लो अवस्थाबारे सचेत बनेको’ र ‘यसलाई हेरिरहेको छ’ तर कम्पनीसँग अहिल्यै थप प्रतिक्रिया नरहेको बताएको थियो ।

हुवावेले आफूले कारोबार गरेका मुलुकहरूको नियम तथा कानूनलाई पालना गरेको र आफ्ना कर्मचारीलाई पनि सोहीअनुरूप चल्न निर्देशन दिइरहेको बताएको छ ।

पोल्याण्डको विशेष सुरक्षा बलले पक्राउ परेका चिनियाँ नागरिक र उनीसँगै रहेका पोल्याण्डका एक व्यक्तिले चीनका लागि पोल्याण्डविरूद्ध जासुसी गरेको आशङ्कामा सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताएको छ ।

वि.सं.२०७५ पुस २९ आइतवार ०९:५६ मा प्रकाशित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

बढ्यो बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्या

बढ्यो बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्या

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको...

गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प

गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प

अबु धाबी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेका प्यालेस्टिनी...

दक्षिणी गाजा सहरमा रातभर भएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु

दक्षिणी गाजा सहरमा रातभर भएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु

खान युनिस (गाजा पट्टी) । दक्षिणी गाजाको एक अस्पतालमा खान...

दक्षिण कोरियामा रोजगारी वृद्धि

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि...

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समकालीन र भविष्यका...